सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गरिने

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट देशभरका सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । ‘सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छु,’ मन्त्री शर्माले भने । यस्तै, मिर्गौला […]

सम्बन्धित सामग्री

औलो रोकथामका उपाय

औलो मानिसका लागि धेरै पहिलेदेखि परिचित रोग हो । चीन र भारतका थुप्रै प्राचीन साहित्यमा यसको उल्लेख भएको पाइन्छ । सन् २०२४ अप्रिल २५ मा ‘समानतापूर्ण विश्वका लागि औलोविरुद्धको लडाइँलाई तीव्र पारौँ’ भन्दै विश्वभर औलो दिवस मनाइयो । नेपालले सन् २०२५ मा नै औलो रोगलाई निवारण गर्ने प्रयास गरिरहेको छ । औलोका औषधी स्थानीय स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छ । विश्व स्वास्थ्य सङ्गठनको परिभाषा अनुसार यदि कुनै स्थानमा लगातार तीन वर्षसम्म स्थानीय औलो रोगीको सङ्ख्या शून्य भएमा त्यस स्थानमा औलो निर्मूल र स्थानीय र आयातित औलो रोगीको सङ्ख्या शून्य भएमा त्यस स्थानमा औलोको उन्मूलन भएको मानिन्छ ।

नि:शुल्क औषधी पनि किनेर खान बाध्य छन् नागरिक

काठमाडौं : सरकारले सामान्यदेखि जटिल प्रकारका रोगमा प्रयोग गर्न ९८ प्रकारका औषधी नागरिकलाई नि:शुल्क वितरण गर्दै आएको छ।सरकारले धेरै महत्त्व दिएर अघि सारेको यो कार्यक्रम भने कार्यन्वयनमा स्वास्थ्य सेवातर्फ लागू भएका अन्य कार्यक्रमको तुलनामा एकदमै कमजोर देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सावर्जनिक गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा आएका स्वास्थ्यका कार्यक्रमको प्रगति विवरणअनुसार सरकारले निःशुल्क गरेका सबै औषधी उपलब्ध हुन नसकेका कारण लक्ष्यअनुसारको सेवा प्रदान गर्न नसकिएको उल्ले

महानगरको स्वर्णिम स्वास्थ्य योजना- ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीलाई ओपीडी सेवासहित ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने भएको छ । कामपाको स्वर्णिम योजनाअन्तर्गत सबै वडामा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरी औषधी उपलब्ध गर्न लागेको हो । प्रवद्र्धन केन्द्रहरू वडा कार्यालयले सञ्चालन गर्नेछ । कामपाले पहिलो चरणमा ८ वटा वडाबाट शुरु गर्ने तयारी गरेको छ । ती केन्द्रको पूर्वाधार […]

बालबालिकाको क्यान्सरका ३५ प्रकारका औषधी निःशुल्क गरिँदै

काठमाडौं : नेपालमा केही महिनामा नै क्यान्सर लागेका बालबालिकालाई निःशुल्क औषधी उपलब्ध हुने भएको छ। विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा नेपालका बालबालिकालाई क्यान्सरको औषधि नि:शुल्क उपलब्ध गराउने तयारी भएको हो।बालरोग विशेषज्ञसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति तथा योजना शाखाका प्रमुख डा. कृष्ण पौडेलका अनुसार ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर (जिआइसिसी) ले विश्व स्वास्थ्य संगठन र अमेरिकास्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहयोगमा नेपालमा बालबालिकालाई क्यान्सरको

बालबालिकालाई क्यान्सरका ३५ प्रकारका औषधी निःशुल्क

काठमाडौं : नेपाली बालबालिकाले क्यान्सरको औषधी निःशुल्क पाउने भएका छन्। बालबालिकाको क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधी निःशुल्क उपलब्ध गराइनेछ।म‌गलबारको गोरखापत्र दैनिकमा समाचार छ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईँले कान्ति बाल अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र अन्य सरकारी तथा गैरसरकारी अस्पतालमा उपचार गरेका क्यान्सरपीडित बालबालिकाले क्यान्सर रोगविरुद्धको औषधी निःशुल्क रूपमा प्राप्त गर्ने जानकारी दिइन्। ग्लोबल

यस्ता छन् एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेख स्वास्थ्यका विषय

सोमबार सार्वजनिक घोषणापत्रमा क्यान्सर, मुटुरोग, मिर्गौला रोग, मधुमेह, उच्च रक्तचाप आदि घातक रोगका औषधी र स्वास्थ्य जाँच निःशुल्क उपलब्ध गराउने उल्लेख छ।

सिकलसेलको निःशुल्क उपचारमा कठिनाई

सरकारले थारु समुदायमा स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल रोगको उपचारका लागि सहयोगको नीति लिएको भएपनि अपर्याप्त रहेको सो समुदायका पीडितहरुको बुझाई छ । नेपाल सरकारले सिकलसेलका विरामीलाई एक लाख रुपियाँसम्मको औषधी निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

७० प्रकारका औषधी निःशुल्क उपलब्ध गर्न ५ अर्ब ६० करोड

काठमाडौं। सरकारले ७० प्रकारका औषधी जनतालाई निःशुल्क उपलब्ध गराउन आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ५ अर्ब ६० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने नागरिकको मौलिक हक सुनिश्चित गर्न रकम छुट्टयाइएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए। उनले आज बजेट भाषणमा सरकारले यी निःशुल्क औषधी स्वास्थ्य संस्थामार्फत् निरन्तर उपलब्ध गर्ने र गुणस्तर अनुगमन गर्ने जनाएका छन्।

शारदा ग्रुपद्वारा कोरोना रोकथाम र नियन्त्रणमा सहयोग

जेठ ८, काठमाडौं । शारदा ग्रुपले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अभियान अन्तर्गत मुलुकका विभिन्न भागमा सहयोग गरेको छ  ।    कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदमहरुमा सहयोग  पुरयाउन आफू र आफ्नो लगानी भएका कम्पनीहरुले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत  दुहबी नगरपालिका अन्तर्गत ३०ओटा  बेडको आईशोलेसन सेन्टर र १५ ओटा बेडको आईसीयू कोभिड अस्पताल सञ्चालनका लागि सम्पूर्ण बिरामीहरुको लागि नि : शुल्क अक्सिजन र नि : शुल्क औषधी उपलब्ध गराउने बताएको छ ।  साथै उसले बिरामी र  बिरामी कुरुवाहरुको लागि निःशुल्क खानाको समेत व्यवस्था गरेको छ । यसैगरी ग्रुपले नेपाल उद्योग परिसंघ मार्फत अक्सिजन प्लान्ट सञ्चालनको लागि सहयोग गर्नुका साथै माडवारी सेवा समिति अन्र्तगत गौशाला रहेको ५१ ओटा बेडको आईशोलेसन सेन्टर सञ्चालनको लागि ४ लाख रुपैयाँ तथा बिरामीहरुलाई निःशुल्क अक्सिजन उपलब्ध गराइरहेको बताएको छ । त्यस्तै ग्रुपले नै लहान नगरपालिकामा भर्खरै बनेको २५ ओटा बेडको आईशोलेसन सेन्टरलाई निःशुल्क औषधी र निःशुल्क अक्सिजन उपलब्ध गराउने पूर्ण रुपमा जिम्मेवारी लिएको  बताएको छ ।  त्यस्तै आफ्नो लगानी रहेको शिवम् सिमेन्ट र होङ्सी शिवम् सिमेन्ट कम्पनीहरु मार्फत व्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कामहरु गरिएको ग्रुपले बताएको छ । जसअन्तर्गत होङ्सी शिवम् सिमेन्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २०० थान अक्सिजन कन्सन्टेटर र  शिवम् सिमेन्टले मकवानपुरमा रहेको अस्पतालमा आईसीयू र आईशोलेनसहितको कोभिड सेन्टरका लागि २५ थान बेड उपलब्ध गराएको ग्रुपले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।