२९ पुस, वीरगञ्ज । भारतका विभिन्न राज्यमा बर्ड फ्लुको संक्रमण बढेसँगै पर्सा जिल्लामा उच्च सतर्कता अपनाइएको छ । १ सय ७ किलोमटिर खुल्ला सीमाना रहेको पर्सामा वैध तथा अवैध दुवै हिसाबले पन्छी र पन्छीजन्य पदार्थ …
काभ्रे- राजधानी काठमाडौँसहित केही जिल्लामा बर्ड–फ्लु देखिएपछि उपत्यकाको पूर्वी–नाका तथा कुखुरा उत्पादनमा मुलुककै दोस्रो काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ । यसका लागि जिल्लाको मुख्य नाकामा पन्छीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय तहलेसमेत सरोकारवालासँगको छलफललाई तीव्रता दिएका छन् । पनौती नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिकरुपमा कुखुरा, कालिज तथा पशुपन्छीजन्य पालक कृषकसहित बुधबार महामारीजन्य रोगबारे सरोकारवालासँग अन्तक्र्रिया […]
काभ्रेपलाञ्चोक । कुखुरा उत्पादनमा मुलुककै दोस्रो जिल्ला काभ्रेमा बर्ड फ्लु भित्रिन नदिन उच्च सतर्कता अपनाइएको छ । उपत्यकासहित केही जिल्लामा बर्ड फ्लु देखिएपछि काभ्रेले मुख्य नाकामा पक्षीको चेकजाँचलाई कडाइ गरेको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख डा. मोगलप्रसाद साहले उत्पयका प्रवेश नाका साँगा र पूर्वी जिल्ला प्रवेश गर्ने मुख्य नाका बीपी राजमार्गको मंगलटारमा पक्षीको चेक प्वाइन्ट राखिएको बताए । बनेपा नगरपालिकाले पक्षीमा लाग्ने संक्रमण रोगका विषयमा सरोकारवालासँग गरेको कार्यक्रममा उनले मंगलटारमा दुई कर्मचारी चेकजाँचका लागि राखेर काम सुरु भएको बताए ।
माघ १६ गते मोरङका दुई स्थानमा देखिएको बर्ड फ्लु चितवन र काठमाडौं जिल्लामा समेत फेला परेको छ । बनेपा नगरपालिकालका प्रमुख लक्ष्मीनरसिं बादेले बनेपा प्रवेश गर्ने साँगा मात्र चेकजाँच गर्दा अन्यत्रबाट समेत पक्षी ओसारपसार हुने भन्दै नाला, आशापुरीलगायत क्षेत्रमा पनि चेकजाँच गर्ने व्यवस्था मिलाइनुपर्ने बताए । रासस
राजधानी काठमाडौँसहित केही जिल्लामा बर्ड–फ्लु देखिएपछि उपत्यकाको पूर्वी–नाका तथा कुखुरा उत्पादनमा मुलुककै दोस्रो काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ । यसका लागि जिल्लाको मुख्य नाकामा पन्छीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय तहलेसमेत सरोकारवालासँगको छलफललाई तीव्रता दिएका छन् । पनौती नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिकरुपमा कुखुरा, कालिज तथा पशुपन्छीजन्य पालक कृषकसहित बुधबार महामारीजन्य रोगबारे सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रमको …
राजधानी काठमाडौँसहित केही जिल्लामा बर्ड–फ्लु देखिएपछि उपत्यकाको पूर्वी–नाका तथा कुखुरा उत्पादनमा मुलुककै दोस्रो काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ । यसका लागि जिल्लाको मुख्य नाकामा पन्छीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय तहलेसमेत सरोकारवालासँगको छलफललाई तीव्रता दिएका छन् । पनौती नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिकरुपमा कुखुरा, कालिज तथा पशुपन्छीजन्य पालक कृषकसहित बुधबार महामारीजन्य रोगबारे सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा
विराटनगर, (नेस) । बर्ड फ्लु देखिएपछि मोरङमा सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । सरकारले आफ्नो वा नजिकका पन्छी फार्ममा पालिएका कुखुरा, हाँसलगायत बिरामी परेको वा मरेको पाइएमा तत्काल जानकारी गराउन आग्रह पनि गरेको छ । पछिल्लो समय बर्ड फ्लुको सङक्रमण देखिन थालेको भन्दै विभागले बेलैमा रोगको पहिचान गरी नियन्त्रण गर्न आवश्यक सहयोग गर्न किसान […]
काठमाण्डौ - कृषि तथा पशुपंक्षी मन्त्रालयले बर्ड फ्लुसम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
भारतका विभिन्न ठाउँमा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले मातहतका सातवटा सीमानाका कार्यालयलाई बुधबार पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरे कुखुराजन्य वस्तुको आयातमा रोक लगाउँदै उच्च सतर्कता अपनाउन नाकामा रहेका क्वारेन्टाइन कार्यालयलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।
...
चितवनका केही फार्मका कुखुरा र काठमाडौंका हाँसमा बर्ड फ्लुको संक्रमण देखा पारेपछि काभ्रे जिल्लामा उच्च सतर्कता अपनाइने भएको छ । जिल्लास्तरिय बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समिति (डाइटेक)को आइतबारको बैठकले यस्तो निर्णय गरेको हो।