वीरगञ्ज नाका भएर भित्रिने पर्यटकलाई फूलमालाले स्वागत
११ असोज, काठमाडौं । वीरगञ्ज नाका भएर भित्रिने पर्यटकलाई फूलमालाले स्वागत गरिएको छ ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले विश्व पर्यटन दिवसका अवसरमा वीरगञ्ज नाका भएर भित्रिने पर्यटकलाई शंकराचार्य गेटमा फूलमाला लगाएर स्वागत गरेको हो …
वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर देशमा सबैभन्दा बढी वस्तु आयात हुँदै आउनुका साथै नेपालले केही वस्तु निर्यातसमेत गर्दै आएको छ। वीरगञ्ज नाका भएर ०७९/८० को साउनमा नेपालले विदेशमा ४ अर्ब ४५ करोड २९ लाख १० हजार बराबरको वस्तु निर्यात गरेको छ। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार साउनमा यो नाका भएर प्रशोधित तेल, फलफूलको जुस, जमोठ […]
देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि भएको छ । गत आवको साउनदेखि जेठसम्ममा वीरगञ्ज नाका प्रयोग गरी रु ७४ अर्ब ३४ करोड ६६ लाख मूल्य […]
देशकै प्रमुख व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि भएको छ । गत आवको साउनदेखि जेठसम्ममा वीरगञ्ज नाका प्रयोग गरी रु ७४ अर्ब ३४ करोड ६६ लाख मूल्य बराबरको १४ लाख १८ हजार २१७ किलोलिटर डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धन आयात भएको थियो । चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि एक
वीरगञ्ज– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनाको अवधिमा देशकै मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार भएर युक्रेनबाट नेपालमा करिब ६ अर्बको सामान आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकअनुसार वीरगञ्ज नाका भएर साउनदेखि माघसम्म रु पाँच अर्ब ९९ करोड ३२ लाख ३८ हजार मूल्य बराबरको सामान नेपाल आयात भएको छ। यो गत […]
वीरगञ्ज । आयात निर्यात परिमाणका हिसाबले मुख्य नाका वीरगञ्जबाट पेट्रोलियम पदार्थ र सवारीसाधन अधिक परिमाणमा भित्रिएको देखिएको छ । बितेको ६ महीनामा वीरगञ्ज भन्सार हुँदै आयातित वस्तुको मुख्य सूचीमा यस्ता वस्तुको वर्चस्व रहेको हो ।
भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष (आव) २०७८/७९ को साउनदेखि पुससम्मको अवधिमा आयातित मुख्य २० वस्तुको अग्रस्थानमा पेट्रोलियम पदार्थ र सवारीसाधन नै परेका छन् । वीरगञ्ज भन्सारले उठाएको राजस्वमा पनि यस्तै वस्तुको योगदान प्रमुख रहेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।
भन्सारको कुल राजस्वमा पेट्रोलियम पदार्थ र सवारीका साधनको मात्रै करीब ६२ प्रतिशत योगदान देखिन्छ । पेट्रोलियम पदार्थको आयातबाट ३७ दशमलव ४ र सवारीसाधनबाट २४ दशमलव ४ प्रतिशत योगदान रहेको भन्सार प्रमुख पौडेलले जानकारी दिए । वीरगञ्ज भन्सार कार्यालयले ६ महीनामा १ खर्ब ५ अर्ब रुपैयाँ राजस्व उठाएको थियो ।
यो नाकाबाट भित्रिएका मुख्य पाँच वस्तुमा क्रमशः डिजेल, जीप/कार भ्यान, पेट्रोल, मोटरसाइकल र एलपी ग्यास छन् । चालू आव पहिलो अर्धवार्षिक अवधिमा यो नाकाबाट ४४ अर्ब ४१ करोड रुपैयाँबराबरको ६ लाख १४ हजार किलोलिटर डिजेल भित्रिएको छ । यो परिमाण अघिल्लो आव २०७७/७८ को समीक्षा अवधिको तुलनामा २२ प्रतिशत बढी हो ।
आयात सूचीको दोस्रो नम्बरमा परेको जीप/कार र भ्यानको आयात पनि ४३ प्रतिशतले बढेको छ । चालू आवको ६ महीनामै ४ अर्ब ९० करोड रुपैयाँबराबरको ४ हजार २९ ओटा यस्ता साधन भित्रिएको भन्सारको तथ्यांकले देखाउँछ ।
तेस्रो स्थानमा रहेको पेट्रोल २ लाख ५ हजार किलोलिटर आयात भएको देखिन्छ । पेट्रोल आयात परिमाणका हिसाबले अघिल्लो २५ प्रतिशत बढी हो । सरकारले विद्युत् खपत बढाएर एलपी ग्यासको आयात घटाउने बताइरहँदा यस्तो आयात पनि १५ प्रतिशतले बढेको छ । बितेको ६ महीनामा १ लाख ३७ हजार मेट्रिकटन एलपी ग्यास भित्रिएको देखिन्छ । वीरगञ्ज नाका पेट्रोलियम पदार्थ भित्रिने मुख्य नाका हो । कुल खपतको करीब आधा परिमाण यही नाकाबाट आउने भन्सार अधिकारीहरू बताउँछन् ।
मुख्य आयात सूचीको चौथो स्थानमा रहेको मोटरसाइकलको आयात भने घटेको छ । यो वर्षको शुरुआती ६ महीनामा मोटरसाइकलको आयातमा ३२ प्रतिशतले कमी आएको छ ।
विगतमा वीरगञ्ज नाकाबाट मोटरसाइकल भित्र्याउने केही आयातकर्ता अहिले भैरहवा भन्सारतिर गएकोले वीरगञ्जबाट आायात घटेको भन्सार अधिकारीहरूको दाबी छ । स्वदेशमै मोटरसाइकल एसेम्बल हुन थालेकाले पनि यस्तो आयात घटेको अनुमान उनीहरूको छ ।
यो ६ महीनामा अनएसेम्बल्ड मोटरसाइकलको आयात ८१९ प्रतिशतले बढेको भन्सारको तथ्यांकले देखाउँछ । गत आवको पुससम्ममा ८६८ ओटा यस्ता मोटरसाइकल आयात भएको थियो । अहिले यो संख्या ७ हजार ९७९ पुगिसकेको छ ।
यो नाकाबाट कोइला, मोबिल, हवाई इन्धन, अलकत्रा, फर्नेस आयल, बेस आयललगायत पेट्रोलियम पदार्थ भित्रिएको छ । सवारीसाधनतर्फ ट्रक, बस र डम्पर पनि उल्लेख्य परिमाणमा आयात भएको देखिन्छ । तयारी कपडा र अर्ध प्रशोधित तेल, फलामलगायत औद्योगिक कच्चा पदार्थ यो नाकाबाट भित्रिने मुख्य वस्तुमै पर्ने भन्सारको तथ्यांक छ ।
वीरगञ्ज – वीरगञ्ज भन्सारबाट फलफूलको जुसको निर्यात बढेको छ। ०७८/७९ को पहिलो ६ महिनाको अवधिमा वीरगञ्ज नाका भएर फलफूलको जुसको निर्यात बढेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। चालु वर्ष साउनदेखि पुस मसान्तसम्म वीरगञ्ज नाका भएर नेपालबाट २ अर्ब ५८ करोड २१ लाख एक हजार बराबरको फलफूलको जुस निर्यात भएको हो। यस अवधिमा ३ करोड ४८ […]
वीरगञ्ज – देशको मुख्य नाका वीरगञ्ज नाका भएर चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनाको अवधिमा विद्युतबाट चल्ने मोटरसाइकल र तीन पाँग्रे सवारीसाधनको आयात वृद्धि भएको छ। चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा विद्युतीय मोटरसाइकल र तीन पाँग्रे सवारीसाधनको आयात करिब दोब्बरले वृद्धि भएको हो। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार वीरगञ्ज नाका भएर चालु आर्थिक वर्षको […]
वीरगञ्ज । वीरगञ्ज नाकाबाट हुने वैदेशिक व्यापारमा सवारीसाधन र इन्धनको मुख्य अंश देखिएको छ । वीरगञ्ज भन्सार कार्यालय हुँदै गत आर्थिक वर्ष (आव) २०७७÷७८ मा सवारीसाधन र इन्धन मुख्य परिमाणमा भित्रिएको भन्सारको तथ्यांकले देखाउँछ ।
वीरगञ्जबाट आयात हुने र राजस्वमा मुख्य योगदान वस्तुमा सवारी साधन र इन्धन नै मुख्य रहेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । ‘वीरगञ्ज भन्सारबाट भित्रिने मुख्य वस्तु सवारीका साधन र पेट्रोलियम पदार्थ मुख्य हुन् । बितेको आर्थिक वर्षमा पनि आयातको मुख्य सूचीमा यिनै वस्तु परेका छन्,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने । गत आवमा यो नाकाबाट जीपकार भ्यान, मोटरसाइकल, ट्रक, मिनी ट्रकलगायत सवारीसाधन, इन्धन बढी भित्रिएको छ । वीरगञ्ज भन्सार हुँदै औद्योगिक कच्चा पदार्थ पनि उल्लेख्य परिमाणमा भित्रिन्छ ।
बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगले यही नाकाबाट कच्चा पादर्थ भित्र्याउने गरेको वीरगञ्ज उद्योग वाणिज्य संघ उद्योग समितिका संयोजक हरि गौतम बताउँछन् । एमएस बिलेट, कोइला, एमएस स्टील स्ट्रीप, पोलिथिन दाना, खाद्यान्न तथा दाना उद्योगको कच्चा पदार्थ आयात हुन्छ ।
पंखा, अप्टिकल फाइबर केबुल, मोटरको ब्याट्री, गाडीका पार्टपुर्जा र एलोपेथिक औषधि पनि भित्रिएको देखिन्छ । निर्याततर्पm भटमासको तेल, जुस, कपडा, जुत्तालगायत उत्पादन गएको भन्सारको तथ्यांकले देखाउँछ ।
भन्सारले उठायो रू. १ खर्ब ७० अर्ब
वीरगञ्ज भन्सारले गत आवमा १ खर्ब ७० अर्ब रुपैयाँ राजस्व उठाएको छ । कोरोना महामारीका कारण वैदेशिक व्यापार खस्किएर राजस्व घट्ने अनुमान गरिए पनि भन्सारले वर्षको अन्त्यमा लक्ष्य करीब पूरा गरेको हो ।
गत आवको साउनदेखि असारसम्म उठेको राजस्व लक्ष्यको ९९ दशमलव ६ प्रतिशत भएको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए । ‘संकलित रकम तोकिएको लक्ष्यभन्दा ७१ करोड रुपैयाँले कम हो । वीरगञ्ज भन्सारलाई गत आवका लागि १ खर्ब ७० अर्ब ७६ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको थियो,’ पौडेलले आर्थिक अभियानसित भने ।
कोरोना महामारी नियन्त्रणका लागि गत वैशाखको मध्यबाट विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएपछि आयात घट्ने अनुमान गरिएको थियो । वैदेशिक व्यापारमा निषेधाज्ञाको खासै प्रभाव नदेखिएपछि राजस्व लक्ष्य पूरा भएको हो ।
वर्षको अन्तिम महीना असारमा भन्सारले लक्ष्यभन्दा बढी राजस्व उठाएको छ । १५ अर्ब २४ करोड रुपैयाँ उठाउने भनिएकोमा १६ अर्ब ६ करोड रुपैयाँ संकलन भएको भन्सारको तथ्यांकले देखाउँछ । यो रकम लक्ष्यभन्दा ५ प्रतिशत बढी हो ।