बलात्कार मुद्दामा न्याय माग्न अदालतसम्म पुगेकी कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीका पक्षमा ५ जना अधिवक्ता बहस गर्न तयार भएका छन् । किशोरीलाई साढे ३ वर्ष जेल सजाय फैसला भएको मुद्दा पुनरावेदनका लागि उच्च अदालत दिपायल लगिएको छ । सरकारी वकिल कार्यालयले किशोरीको विपक्षमा भएको समग्र फैसलाका लागि मंगलबार उच्च अदालतमा पुनरावेदन प्रस्ताव राखेको हो । उच्च अदालतमा फाइल पेस गरेर मुद्दा प्रक्रियामा गएको जिल्ला सहायक न्यायाधिवक्ता कौशल ढुंगानाले बताए ।