नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरुले एमालेबाट विद्रोह नगरेको भए नेपालको राजनीति ठुलो सुरुङभित्र मात्रै नभएर प्रतिगामी दिशामा गइसक्ने बताएका छन् । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको पहिलो विस्तारित बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताका अधिकारको रक्षा र कम्युनिस्ट आन्दोलन बचाउन एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पुनर्गठन गरिएको बताए । ‘हामीले एमालेबाट विद्रोह नगरेको भए अहिले नेपालको राजनीति एउटा ठुलो सुरुङभित्र मात्रै होइन प्रतिगामी