बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली भलिबल टिमलाई बिदाइ गरिएको छ ।
आइतवार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बंगलादेश जाने राष्ट्रिय महिला तथा पुरुष भलिबल टिमलाई बिदाइ गरेका हुन् ।
डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, अफिसियललाई बिदाइ गर्दै मन्त्री अथकले उद्देश्य प्राप्तिका लागि शुभकामना समेत दिए ।
नेपाली टिम सोमवार बंगलाद...