पदाधिकारी चयन गर्न भन्दै बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष निर्वाचित गर्दै सकिएको छ ।
महासचिवका आकांक्षी धेरै भएपछि माओवादीले सोमवार पदाधिकारी चयन गर्न नसकेको हो ।
माओवादी केन्द्रीय सदस्य कृष्णबहादुर महराले पदाधिकारीको विषयमा थप होमवर्क गर्नुपर्ने भएकाले बैठक २५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।
‘पदाधिकारीका लागि थप होमवर्क गर्नुपर्ने भयो । केही कमरेडबाहिर रहेकाले पनि सहमतिका लागि केही दिन समय लिने कुरा भएको छ,’ महराले भने ।&nb...