काठमाण्डाै - निर्वाचन आयोगले सीमावर्ती क्षेत्रमा रहेका छिमेकी देशका प्रसारण माध्यमबाट चुनावलाई नकारात्मक प्रभाव पार्ने कुनै सामग्री प्रसारण हुन नदिन ध्यानाकर्षण गराएको छ ।
कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा कुनै समाचार, टिप्पणी, विचार वा यस्तै प्रकृतिको सामग्री प्रसारण गर्न वा राजनीतिक विज्ञापन हुन नदिन छिमेकी देशको सरकारलाई अनुरोध गरी पठाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइसकेको आयोगले जनाएको छ ।
यस्तै आयोगले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने सामग्रीहरूको प्रचारप्रसार रोक्नका लागि इन्टरनेट स...