भीमदत्त नगरपालिका–१९ का शिवराज राना धान बिक्रीका लागि हालै महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय पुगे । आधा बिघा जग्गामा फलेको धानबाट पाँच/सात क्विन्टल बेच्न खोजेका उनलाई खाद्यले सिफारिस ल्याउन भनेपछि उनी वडा कार्यालय पुगेका हुन् ।