नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको डिभिजन ‘ए’अन्तर्गत सोमबार भएको खेलमा बुटवल–११ क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै बुद्ध क्रिकेट क्लबले जित निकालेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी खेलमा टस जितेर सुरुवाती ब्याटिङ रोजेको बुटवल–११ ले निर्धारित ५० ओभरको खेलमध्ये २० दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन बनाएको थियो । जसका लागि सार्वधिक अमित श्रेष्ठले १२ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।