प्रेमलाई अपराध करार गरी बाल सुधार गृहमा पठाइएका एक बालक पुनरावेदनका लागि उच्च अदालत पोखरा पुगेका छन् । बालकको तर्फबाट सोमबार अधिवक्ता बीबी विष्टले उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।करिब ४ वर्ष प्रेम सम्बन्धमा रही उमेर नपुगी भागी विवाह गरेका पोखराका १७ वर्षीय किशोरलाई जिल्ला अदालत कास्कीले जवरजस्ती करणी ठहर गर्दै १० वर्षको जेल सजाय तोकेको थियो । वारदातको समयमा १७ वर्ष ५ महिनाको उमेर भएका ती किशोरले १७ वर्ष १० महिना उमेर भएकी सँगै पढ्ने प्रेमिकालाई भागी विवाह गरी भारत लगेक