बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका वडा नम्बर–११ घर भई अहिले सुन्धारा बस्ने सुमन नेपाली छन् । नेपालीलाई बबरमहलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलले जनाएको छ ।वैशाख १४ मा पक्राउ परेका उनलाई उच्च अदालत पाटन ललितपुरको २०७७ फागुन १७ मा ६ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । प्रतिवादीलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ ।