प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको भिजन २०२०–३० लाई रक्षा र अर्थमन्त्रालय तथा राष्ट्रिय योजना आयोगले समेत अपनत्व लिइसकेकाले उक्त मार्गचित्र कार्यान्वयन भएसँगै गरिएको आधुनिक सेना परिकल्पना सार्थक हुने विश्वास व्यक्त गरेका छन् ।
आइतबार उनले भने, “सेनाको तीन जोड एक कमान्ड अवधारणा लागू भइसकेको छ, साङ्गठनिक संरचना पनि स्वीकृत भएको छ, दू्रतमार्गका लागि समयमै आवश्यक बजेट सुनिश्चितता हुनेछ, बेरुजु फछ्र्यौटमा राम्रो प्रगति छ, कोरोना प्रतिकार्यका लागि सबैको समन्वय र साझा प्रयास आवश्य छ ।” दू्रतमार्ग राष्ट्रकै दृष्टिकोण...