बुटवलमा दशैँका लागि घर फर्किनेको भीड लागेको छ । बुटवलको लुम्बिनी बस टर्मिनलमा पहाडी जिल्लामा जाने यात्रुको थामिनक्नु भीड लागेको छ ।
विशेषगरी बुटवलबाट गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, बाग्लुङ र स्याङ्जा गर्ने जाने गर्छन् । बुटवल बजार अहिले सुनसान बन्दै गएको छ ।
आजदेखि यातायात व्यवसायीले पनि गाडीको क्यू फ्री गरेका छन् ।
गाडीमा क्षमताभन्दा बढी यात्रु राख्न नदिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।
हेर्नुहोस्, तस्वीरहरू :