गाउँ फर्किने नागरिकलाई एक लाख अनुदान

तनहुँ : ऋषिङ गाउँपालिका कार्यालयले गाउँ फर्क अभियानअन्तर्गत एक लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। जग्गाविहीन नागरिकलाई गाउँमा फर्किनका लागि आकर्षण गर्ने उद्देश्यले आवास निर्माणका लागि उक्त रकम दिने निर्णय गरेको हो।गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो। ऋषिङ फर्क अभियानअन्तर्गत जग्गाविहीन स्थानीयवासीलाई आवास निर्माणका लागि उक्त रकम अनुदान दिन सूचना प्रकाशित गर्ने निर्णय गरेको छ। गत असार र साउन महिनामा परेको अविरल वर्षाका