कैलालीमा लकडाउन जेठ ६ गते सम्म गर्न सिफारिस गरेको छ । सोमबार कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक बसी कैलालीमा जेठ ६ गते लकडाउन लम्ब्याउने सिफारिस गरेको हो । कोरोना बढेको भन्दै यसअघि कैलालीमा पहिलो चरण वैशाख १६ देखि २२, दोस्रो चरण २३ देखि वैशाख मसान्त सम्म लकडाउन गरेको थियो ।कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले सो जेठ ६ गते सम्म लकडाउन गर्ने सिफारिस गरेको हो । लकडाउनको क्रममा अत्यावश्यकबाहेक अन्य सार्वजनिक सेवा पूर्ण रुपमा बन्द र