मनहरी : अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय उद्योग र निर्माण व्यवसायमा देखा परेको समस्या तत्काल समाधान गरिने बताएका छन्।मकवानपुर उद्योग वाणिज्य सङ्घले आज (मंगलवार) हेटौँडामा आयोजना गरेको छलफलमा उनले बैंकको ब्याजदर र भुक्तानीसम्बन्धी देखिएका समस्या सम्बोधन गरिने दावी गरे। उनले हेटौँडामा रहेको औद्योगिक क्षेत्रलाई उद्योग‚ वाणिज्य र निजी क्षेत्रसँगको सहकार्यमा अघि बढाउने र हेटौँडा सिमेन्ट उद्योगको विषयमा सरकारले छिट्टै नै निर्णय गर्ने बताए। ‘पुरानो दायित्व बढ्दो क