काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल आयल निगमले दुई हप्तामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएर अत्याचार गरेको आरोप लगाएका छन्।पेट्रोलियम पदार्थको मूल्यवृद्धिको ज्ञापनपत्र बुझाउन पुगेका ६ विद्यार्थी संगठनका नेताहरूको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले आयल निगमले जनताको ढाड सेक्न गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर अत्याचार गरेको बताए। पूर्व-प्रधानमन्त्रीसमेत रहेको नेता नेपालले सत्ता साझेदार दलहरूसँग छलफल गरेर त्यसका लागि उचित पहल गर्ने पनि बताए।&nbs