पेट्रोलको मूल्य फेरि बढ्यो, ग्यास पनि महँगियो

नेपाल आयल निगमले मंगलबार फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका अनुसार मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको हो । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ। यस्तै हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु २ बढेर ८४ कायम गरिएको छ भने हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) अमेरिकी डलर १९ ले वृद्धि गरी ७५४ प्रतिकिलोलिटर कायम गरिएको छ । यस्तै खा

सम्बन्धित सामग्री

भारतबाट पेट्रोलको मूल्य बढेर आयो

नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेल, खाना पकाउने ग्यास र हवाइ इन्धनमा घटेर आएको छ। पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ। यस्तै डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ...

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढायो

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ।  नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।  चुनावलगत्तै सरकारले एकैपटक उच्च मूल्यवृद्धि गरेको हो। योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छै ।मूल्य बढाएपछि पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४.३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१.४४ रुपैयाँ घाटा छ । &n

इन्धनको मूल्य फेरि वृद्धि : खाना पकाउने ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्यो

काठमाण्डाै - नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो सँगै अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ पुगेको छ । त्यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ४३ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास प्रतिसिलिन्डर १६ सय रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य यसअघि १५ सय ७५ रुपैयाँ रहेको थियो । ...

मूल्य वृद्धि : पेट्रोल लिटरको १६० रुपैयाँ, ग्यास १६०० पुग्याे

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ रहेकोमा ५ रुपैयाँ बढेर अब १ सय ६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र...

१५० पुग्यो पेट्रोलको मूल्य, डिजेल र मट्टीतेल प्रतिलिटर १३३

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले आज (बिहीबार) मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले जारी गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेल प्रतिलिटर १३३ रुपैयाँ मूल्य निगमले तोकेको छ। निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ कायम गरेको छ। निगमले एलपिजी ग्यासको मूल्य भने बढाएको छैन। निगमले एलपिजी ग्यास प्रतिसिलिन्डर मूल्य  १ हजार ५७

पेट्रोलको मूल्य लिटरमा १२० रुपैयाँ पुग्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालन समितिले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । निगमले रु २ बढाएको पेट्रोलको मूल्य १२० रुपैयाँ बनाएको हो । यसैगरी डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु २ बढेर १०२ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य खुद्रा विक्री मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

खाना पकाउने ग्यास र पेट्रोलको मूल्य बढ्यो

काठमाडाैं : नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।आज बसेको निगम सञ्चालक समिति बैठकले भारतबाट बढेर आएको मूल्यअनुसार समायोजनको निर्णय गरेको हो। बढेको मूल्य राति १२ बजेदेखि लागू हुनेछ। प्रवक्ता विनितमणि उपाध्यायका अनुसार डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको हो। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११२, डिजेल तथा मट्टितेलको ९५ रूपैयाँ पर्नेछ। त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रु