काठमाडौं : नेकपा एमालेको पोलिटब्युरो बैठक बसिरहेको छ। बैठक मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका केन्द्रित रहेको स्थायी कमिटी सदस्य विशाल भट्टराईले बताए। बैठकले एमालेको बहुमतको सरकार निर्माणको लागि कार्ययोजना निर्माण गर्ने उनकाे भनाइ छ। यस्तै, बैठकले समानुपातिक सांसदलाई समानुपातिकमै दोहोर्याउनु, स्थानीय निर्वाचनमा पराजित व्यक्तिलाई उम्मेदवार बनाउनु र राष्ट्रियसभाका बहालवाला सांसदलाई राजीनामा गराएर उठाउनु उचित कि अनुचित भन्ने बिषयमा पनि निर्णय गर्ने बताए।&nbs