काठमाडौं उपत्यकामा एकैदिन १९ सय ४१ जना सवारी चालकमाथि कारवाही

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ९४१ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेको कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १३, लेन अनुशासन पालना नगर्ने ६५, रेड लाइटमा सवारी चलाउने ६५ र नम्बर प्लेट राम्रोसँग नराख्ने २१ जना सवारी चालक छन् । अन्य कारण कारवाहीमा पर्नेमा १ हजार ७६९ जना सवारी चालक छन् । 

सम्बन्धित सामग्री

कोरोना अपडेट : ७० जना निको हुँदा ४५ जनामा संक्रमण

काठमाडौं : बिहीबार देशभर ४५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ६७८ जनामा गरिएको परीक्षणमा ४५ जना संक्रमित भेटिएका हुन्। यही अवधिमा ७० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार ७७ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ९ जना आइसियूमा‚ ३६ जना संस्थागत आइसोलेशनमा र १ हजार ४१ जना होम आइसोलेशनमा रहेका छन्। काठमाडौं उपत्यकामा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ। काठमाडौंमा ४३३

विद्यार्थी लक्षित चेकिङमा १२ सय ४१ जना विद्यार्थी चालकमाथि कारबाही

काठमाडौँ- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङमा हालसम्म १२ सय ४१ जना विद्यार्थी कारबाहीमा परेका छन् । काठमाडौं उपत्यकामा गत साउन ३० गतेबाट सुरु भएको अभियान अन्तर्गत हालसम्म उक्त संख्यामा विद्यार्थी चालकलाई कारबाही गरिएको हो । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज बिहान मात्र ३९ जना […]

विद्यार्थीसहित २४८ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा विद्यार्थी सुरक्षा लक्षित जाँच अभियानका क्रममा दुई सय ४८ चालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न ठाउँमा आज गरिएको सवारी साधन जाँच कागजपत्र साथमा नभएका सात विद्यार्थी र ट्राफिक नियम उल्लङ्घन गर्ने दुई सय ४१ जना चालक कारबाहीमा परेका हुन् ।तीमध्ये मदिरा सेवन गरी सवारी साधन चलाउने तीन चालकसमेत छन् । नयाँबसपार्क क्षेत्रबाट बा३ख १००३ नम्बरको बस चालक, बा१ज ८१८१ नम्बरको माइक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा४ख ८०५९ नम्बरको ट्रक चालकलाई मापसे गरी सवारी साधन चलाएको कसुरमा ट्र

काठमाडौं उपत्यकामा एकैदिन २ हजार २० जना सवारी चालकमाथि कारवाही

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २० जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा बुधबार कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ५०, लेन अनुशासन पालना नगर्ने ६४, रेड लाइटमा सवारी चलाउने ७४ जना सवारी चालक रहेका छन् । यस्तै, ठीक तरिकाले नम्बर प्लेट नराख्ने ४१ जना सवारी चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

कोरोना अपडेट : आज भेटिए २२ बिरामी‚ कुल संक्रमित ११२ जना

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २२ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ७ सय ५३ जनामा गरिएको परीक्षणमा २२ जना संक्रमित भेटिएका हुन्। आज ९ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर १ सय १२ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौं उपत्यकामा ४१ जना सक्रिय संक्रमित रहेका छन्।मन्त्रालयको विवरणअनुसार हालसम्म नेपालमा ९६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्।

काठमाडौं उपत्यकामा थपिए ३०२ कोभिड संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०२ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा २३१, भक्तपुरमा ३० र ललितपुरमा ४१ जना संक्रमित थपिएका हुन् ।  योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ७४७ पुगेको छ ।  आज देशभर १५ हजार ११७ जना होम आइसोलेसनमा, एकहजार १३१ जना संस्थागत आइसोलेसनमा, ३३५...

काठमाडौंमा थपिए २४१ संक्रमित

काठमाडौँ, ३ असोज । आज देशभर ७ सय ३४ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै २ सय ४१ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घन्टामा काठमाडौँमा १८७ , ललितपुरमा २२ र भक्तपुरमा ३२ संक्रमित थपिएका हुन् । कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ । योसँगै […]

काठमाडौं उपत्यकामा थपिए ७१९ जना कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चोबिस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ७ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाभित्र काठमाडौंमा ५३१ जना, ललितपुरमा १४७ जना र भक्तपुरमा ४१ जना संक्रमित थपिएका हुन्। योसँगै उपत्यकामा संक्रमितको संख्या २ लाख ७३ हजार २३ पुगेको छ।

काठमाडौं उपत्यकामा थपिए ५४१ जना कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चोबिस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ५ सय ४१ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाभित्र काठमाडौंमा ३४३ जना, ललितपुरमा १३६ जना र भक्तपुरमा ६२ जना संक्रमित थपिएका हुन्। योसँगै उपत्यकामा संक्रमितको संख्या २ लाख ७१ हजार ७८७ पुगेको छ।