ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २० जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा बुधबार कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ५०, लेन अनुशासन पालना नगर्ने ६४, रेड लाइटमा सवारी चलाउने ७४ जना सवारी चालक रहेका छन् । यस्तै, ठीक तरिकाले नम्बर प्लेट नराख्ने ४१ जना सवारी चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।