काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले तनहुँका मासु पसलहरुमा डिजिटल कारोबार (क्यूआर कोड) विस्तार गरेको छ । डिजिटल कारोबार विस्तार गर्नेक्रममा बैंकले तनहुँका मासु पसलहरुमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो । व्यास नगरपालिका-३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा बैंकले एक कार्यक्रमका बीच क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त थोक […]
काठमाडौं, ३ असोज । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार विस्तारित गर्नेक्रममा ब्रिटिश कलेज, काठमाण्डौंमा डिजिटल भुक्तानी सेवा संचालनमा ल्याएको छ । ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावक महानुभावले मोबाईल बैंकिङ्ग मार्फत यस बैंकको क्यूआर कोडको स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै भुक्तानी गर्न सक्नेछन् । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारको […]
काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) ले काठमाडौंको ब्रिटिस कलेजमा डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकले मोबाइल बैंकिङमार्फत बैंकको क्यूआर कोड स्क्यान गरी बिल सजिलै भुक्तानी गर्न सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न रणनीतिक महत्वका स्थान छनोट गरी क्यूआर कोड सेवा सञ्चालनमा ल्याइरहेको छ । बैंकले आराध्यदेव पशुपतिनाथ मन्दिर परिसर, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात, कंकाईमाई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दूरीका बस, खाद्य स्टोर तथा पसल, होटल तथा रेस्टुराँलगायतमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याइसकेको बताएको छ ।