काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) ले काठमाडौंको ब्रिटिस कलेजमा डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकले मोबाइल बैंकिङमार्फत बैंकको क्यूआर कोड स्क्यान गरी बिल सजिलै भुक्तानी गर्न सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न रणनीतिक महत्वका स्थान छनोट गरी क्यूआर कोड सेवा सञ्चालनमा ल्याइरहेको छ । बैंकले आराध्यदेव पशुपतिनाथ मन्दिर परिसर, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात, कंकाईमाई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दूरीका बस, खाद्य स्टोर तथा पसल, होटल तथा रेस्टुराँलगायतमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याइसकेको बताएको छ ।