जनकपुरधाम : धनुषाको सबैला नगरपालिकामा मेयर र उपेयरमा माओवादी केन्द्र निर्वाचित भएकाे छ। नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कारीराम यादव र उपमेयरमा रहिमा खातुन निर्वाचित भएका हुन्।कारीरामले कांग्रेसका उम्मेदवार जगतसुन्दरलाई १ सय ३६ मतको अन्तरले पराजित गरेका छन्। माओवादीले नेतृत्व जितेको धनुषाको यो पहिलो पालिका हाे। सबैला नगरपालिकाको मेयरमा निर्वाचित भएका कारीराम माओवादी केन्द्रका नेता मातृका यादवका कान्छो भाइ हुन्। कारीरामले ४ हजार २ सय १२ मत पाउँदा जगतसुन्दरले ४ हजार ७६ मत ल्याएका छ