धनुषामा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवारले पार्टी छाडे

नेकपा एकीकृत समाजवादीबाट धनुषाको सबैला नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका उम्मेदवार नै एमालेमा प्रवेश गरेका छन् । सबैला नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका आकांक्षी उम्मेदवार राजु गुप्ताले पार्टी त्यागेका हुन् । बुधबार उनले मनोनयन पत्र दर्ता गराएका थिए ।गुप्ताले एमालेबाट सबैला नगरपालिकाका उम्मेदवार समेत रहेका धनुषा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादवलाई समर्थन गर्दै पार्टी परित्याग गरेको जानकारी दिए । नेकपा एमालेमा प्रवेश गर्दै उनले सबै नेता–कार्यकर्ताको दवाव थेग्न नसकेपछि आफू