उपत्यकाका टोलटोलका दोबाटो, चौबाटोमा नर्कट, छ्वाली, पराल, हाँडी, नाङ्लोलगायतले बनाएको राक्षसरूपी गथांमुगको साँझ दाहसंस्कार गरी पर्व मनाउने चलन छ। यसक्रममा यहाँका टोलटोलमा सयौं गथांमुगको दाहसंस्कार गरिन्छ।...
काठमाडौँ- काठमाडौँ उपत्यकालगायत देशभरका नेवार समुदायले शुक्रबार घण्टाकर्ण पर्व मनाएका छन् । घण्टाकर्ण पर्वलाई काठमाडौँ उपत्यकाका नेवार समुदायले गठेमङ्गल पर्वका रूपमा मनाउने गर्दछन् । हरेक वर्ष साउन शुक्ल चतुर्दशीमा नास्तिक गठांमुगःलाई दाहसंस्कार गरी घण्टाकर्ण अर्थात् गठांमुगः चःह्रे मनाउने गरिन्छ । भक्तपुरमा मनाइने गठेमङ्गलको छुट्टै ...
काठमाडौँ- काठमाडौँ उपत्यकालगायत देशभरका नेवार समुदायले शुक्रबार घण्टाकर्ण पर्व मनाएका छन् । घण्टाकर्ण पर्वलाई काठमाडौँ उपत्यकाका नेवार समुदायले गठेमङ्गल पर्वका रूपमा मनाउने गर्दछन् । हरेक वर्ष साउन शुक्ल चतुर्दशीमा नास्तिक गठांमुगःलाई दाहसंस्कार गरी घण्टाकर्ण अर्थात् गठांमुगः चःह्रे मनाउने गरिन्छ । भक्तपुरमा मनाइने गठेमङ्गलको छुट्टै ...
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले आज मंगलबार घण्टाकर्ण पर्व मनाउँदैछन् । घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकाका नेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन् । हरेक वर्ष साउन शुक्ल चतुर्दशीमा नास्तिक गठांमुगःलाई दाहसंस्कार गरी घण्टाकर्ण अर्थात् गठांमुगः चःह्रे मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा मनाइने विभिन्न जात्रापर्व मध्ये गठांमुगः चःह्रे विशेष मानिन्छ । ठाउँ अनुसार […]
शुक्रबार भक्तपुरमा घण्टाकर्ण पर्व मनाइएको छ । गथांमुगः चःर्हे समेत भनिने यो पर्व श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यकामा रहेका नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् । बिहान घर पूजा गर्ने र साँझ टोलका सबै जना मिलेर केही पर लगेर घण्टाकर्ण राक्षसलाई जलाउने परम्परा रहेको छ । भक्तपुर नगरक्षेत्रका गल्ली गल्लीमा धुमधामका साथ यो पर्व मनाउने गरिन्छ । मानवता विरोधी राक्षसबाट मुक्ति पाएको किम्बतन्तीमा आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्वाली
देशको राष्ट्रियता जोगाउन आआफ्नो संस्कृतिलाई बचाइराख्नु जरुरी हुन्छ तर हाम्रा पर्वहरू र परम्परा दिन प्रतिदिन लोप हुँदैछन् । यस्तो अवस्थामा नेपालमा पाइने सबै चाडपर्वलाई जोगाइराख्नु जरुरी छ । नेपालमा पाइने विविध चाडपर्वमध्ये काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष श्रावण कृष्णपक्ष चतुर्दशीका दिन घण्टाकर्ण पर्व मनाउने गरिन्छ । यसलाई गठांमुगः र गठेमंगल पर्व पनि भन्ने गरिन्छ । सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनको दृष्टिकोणले निकै महìवपूर्ण यस पर्व विशेषतः देउताको पूजा र घरको सरसफाइ शुद्धीकरण गरी मनाइन्छ । रोपाइँको काम सिद्धिएपछि हिलो पखाल्न र घरमा सरसफाइका लागि ‘सिनाज्याब्यंकेगु’ भनी यो पर्व मनाउने गरिन्छ । घण्टाकर्ण पर्वको सुरुबाट अन्य पर्वहरू सुरु हुने हुँदा यसलाई ‘काय्मचानखः’ पनि भन्ने गरिन्छ । घण्टाकर्ण पर्व हिन्दु तथा बौद्ध दुवै समुदायले उत्तिकै श्रद्धाले मनाउने गर्छन् । यसैले यस पर्वको अवसरमा सबैको घर–घरमा हुने भूत प्रेतहरूलाई पन्छ्याउनका लागि मनाउने गरिन्छ । बिहान सबेरै आआफ्नो घरमा लिपपोत गरी सरसफाइ गरिन्छ । हरेक मूल–मूल टोलमा चौबाटोमा बिहानै नर्कट ठड्याई घण्टाकर्णको प्रतीकका रूपमा राखिन्छ । पञ्चधातुु फलाम, पित्तल, तामा, चाँदी र सुनका विशेषतः फलामको औँठी किनेर ल्याई उक्त चौबाटोमा ठड्याइएको गठांमुगःलाई छोएर ल्याएर परिवारका सदस्यहरूले लगाउने चलन छ । स–साना केटाकेटीलाई यसै दिनदेखि फलामका वा चाँदीका कल्लीहरू लगाइदिन्छन् । केटीहरू आफूले बनाएका राम्रा–राम्रा साना पुतलीहरू चौबाटोमा ठड्याएका नर्कटमा झुण्ड्याउँछन् । यसरी पुतली झुण्ड्याएमा भूतप्रेतले नछुने हुन्छ । यस्तै केटीहरूले हातमा मेहन्दी लगाउँछन् । यसरी विविध सांस्कृतिक महìव रहेको घण्टाकर्ण पर्वमा दिनभरि नै रमाइलो भइरहेको हुन्छ ।