घण्टाकर्ण राक्षसको मुखमा आगो, तस्बिरमा हेर्नुहोस् भक्तपुरको नेवारी पर्व

शुक्रबार भक्तपुरमा घण्टाकर्ण पर्व मनाइएको छ । गथांमुगः चःर्‍हे समेत भनिने यो पर्व श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यकामा रहेका नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् । बिहान घर पूजा गर्ने र साँझ टोलका सबै जना मिलेर केही पर लगेर घण्टाकर्ण राक्षसलाई जलाउने परम्परा रहेको छ । भक्तपुर नगरक्षेत्रका गल्ली गल्लीमा धुमधामका साथ यो पर्व मनाउने गरिन्छ । मानवता विरोधी राक्षसबाट मुक्ति पाएको किम्बतन्तीमा आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्‌वाली

सम्बन्धित सामग्री

गठेमंगलमा पाल्पामा घण्टाकर्णको लिंगाकृति

परम्परागत संस्कृतिको जगेर्ना गर्न नेवारी समुदायमा प्रचलित घण्टाकर्ण गठेमंगल पर्व अन्तर्गत शुक्रबार नर्कटको तीनखुट्टे लिंगाकृति गठाँमो ठड्याइएको छ ।

तानसेनमा गँठेमंगल पर्व मनाइयो

नेवारी समुदायमा प्रचलित घण्टाकर्ण गँठेमंगलको परम्परा हराएपछि पाल्पामा देउराली सांस्कृतिक परिवारले चोकहरुमा नर्कटको तीनखुट्टे लिंगाकृति गठाँमो ठड्याएको छ ।

आजु जय हा : घण्टाकर्ण चतुर्दशी

नेवारी संस्कृतिमा गथांमुगः चःह्रे अर्थात् घण्टाकर्ण चतुर्दशीको आप्mनै किसिमको मौलिक महत्व रहिआएको छ । गठेमंगल पनि भनिने गथांमुगः पर्व श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न टोलमा नेवारहरूले मनाउँछन् । चतुर्दशीका दिन मनाइने भएकाले गथांमुगः चःह्रे भन्ने गरिन्छ । भूत, प्रेत, पिशाच, डाकिनी साकिनी, बोक्सी, चण्डाल, चण्डाल्नीबाट बच्न उनीहरूलाई मन्साएर पन्छाएर सबैको […] The post आजु जय हा : घण्टाकर्ण चतुर्दशी appeared first on राजधानी राष्ट्रिय दैनिक.

जोखिम छल्दै, परम्परा धान्दै

रामबहादुर थापा बागलुङ। यहाँका नेवार समुदायले आइतबार घण्टाकर्ण पर्व मनाए । कोरोनाको जोखिम छल्दै आफ्नो पुस्तैनी परम्परा धाने । घण्टाकर्णलाई गठेमङ्गल पनि भनिन्छ । नेवारी संस्कृतिमा घण्टाकर्णसँगै जात्रा, पर्वहरु शुरु भएको मानिन्छ ...