स्वदेश र विदेशका यात्रा गर्ने सन्दर्भमा नेपालका ७७ जिल्ला र विश्वका ४० वटा जति देशमा पुग्ने अवसर मिलेपनि ढोरपाटन शिकार आरक्षमा पुग्न पाइएको थिएन । कुनै पनि नाम चलेका सम्भाव्य ठाँउमा नपुगुञ्जेल मनमा चैन नहुने र कहिले पुगौंला भन्ने हुटहुटी भैरहने अवस्थामा हामी ५ जना (श्रीमती उर्मिला, छोरा उमेश, छोरी गीता, नाती सुुगत र आफैं) […]
बागलुङ : नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा पहिलो याममा १२ वन्यजन्तुको शिकार भएको छ। शिकार आरक्षको विभिन्न ब्लकमा सात नाउर र पाँच झारलको शिकार भएको हो। नेपालका चार शिकार कम्पनीमार्फत आएका विदेशी शिकारीले यस पटक निर्धारित कोटा भन्दा एक वटा वन्यजन्तुको कम शिकार गरेका छन्। पहिलो शिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र आठ वटा नाउरको कोटा निर्धारण गरिएको थियो। यस पटक एक वटा नाउरको शिकार हुन सकेन। एक नाउरको अनुमति प्राप्त गरे पनि ग्लोबल सफारिसज
२६ भदौ, बागलुङ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो । यहाँ आन्तरिकसँगै बाह्य पर्यटकको समेत आगमन हुने गर्छ । विदेशी पर्यटक वर्षको दुई पटक यहाँ आउने गर्छन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गर्छन् । विदेशी पर्यटक असोजदेखि मङ्सिर र फगुनदेखि वैशाखका बीचमा सिकार खेल्नका लागि मात्रै आउने […]
ढोरपाटन, जहाँ वन्यजन्तु शिकार गर्न पाइन्छ । किनभने यो नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र हो । यहाँ शिकार खेल्नका लागि देशी-विदेशी पेशेवर शिकारीको ओइरो लाग्छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समयमा, तोकिएको क्षेत्रमा जनवारको शिकार गर्न पाइन्छ । शिकारमा सौखिन विदेशी पर्यटकका लागि यो एक चर्चित गन्तव्य हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण […]
बागलुङ : शान्त र मनोरम वातावरण रहेको नेपालकै एक मात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटकको आमगनमा वृद्धि भएको छ। पर्यटकसँगै चालु आर्थिक वर्षमा राजश्व समेत वृद्धि भएको छ। ढोरपाटन सडक सञ्जालले जोडिनु पूर्व आन्तरिक पर्यटक समेत निकै कम पुग्ने गर्थे। विदेशी मात्रै शिकार खेल्न आउने गर्थे।उनीहरु पैदल यात्रा नभई सोझै हेलिकप्टर मार्फत ढोरपाटन पुग्ने गर्थे। सडकको पहुँच, होटल सुविधा र तीव्र प्रचारप्रसारले गर्दा अहिले बाह्य मात्रै नभएर आन्तरिक पर्यटकहरु समेत त्यहाँ पुग्न थालेका छन्। ढोरपाटनमा
ढोरपाटन शिकार आरक्षणस्थित ओडारमा लुकाएर राखेको अवस्थामा एसएलआर राइफल भेटिएको छ । नेपाली सेनाको देवी बक्स गुल्मबाट खटिएको टोलीले बाग्लुङ र पूर्वी रुकुमको सिमानामा रहेको पुथा उतरगंगा गाउँपालिकाबाट सो राइफल बरामद गरेको हो ।सेनाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणहरूमा ‘अपरेशन महाहन्ट–८’ सञ्चालन गरिरहेको छ । पुथा उत्तरगंगा गाउँपालिका–५ स्थित घुस्तुङ खोलाको ओडारमा बोरामा बेरेर लुकाएको अवस्थामा सो राइफल बरामद गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
म्याग्दी : जैविक र प्राकृतिक विविधताले भरिपूर्ण ढोरपाटन क्षेत्र, नेपालको एकमात्र शिकार आरक्षका कारण चर्चामा छ । तर,ढोरपाटन क्षेत्रमा नै रहेका र शिकार आरक्षको जत्तिकै महत्व भएका उत्तरगंगा,ढोरबराहा र बाइसधारा लगाएतका धार्मिक र ऐतिहाँसिक सम्पदाको प्रचार प्रसार नहुँदा ती सम्पदा भने ओझेलमा परेका छन् ।चारैतिर हिमालको सेता चुचुरा । हिमालको तल्लोपट्टि राताराता देखिने अग्ला डाँडा, ती डाँडाहरुको मुनी हरियो जंगल । तल बस्ती अनि बीचमा कलकल बगेको सङ्लो पानीसहितको स्वच्छ उत्तरगंगा नदी,ढोरबाराही र बाइसधारा
ढोरपाटन शिकार आरक्षमा यस वर्षको पहिलो शिकार याम शुरू भएको छ । आजदेखि जंगली जनावर नाउर र झारल शिकार गर्न खुल्ला गरिएको शिकार आरक्ष कार्यालयले जनाएको छ ।
नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटनमा अनुमति लिएर शिकार गर्न विदेशका व्यावसायिक शिकारी ढोरपाटन आउने गर्दछन् । आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन शिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र शिकारीका भरियाको बन्दोबस्ती मिलाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो शिकारयामका लागि १० नाउर र ६ झारलको शिका...
बागलुङ– नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस साता नाउर र पाँचवटा झारलको शिकार हुने भएको छ । जंगली जनावर नाउर र झारल शिकार गर्न विदेशका व्यावसायिक शिकारी ढोरपाटन आउन थालेका हुन् । शिकारीको लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन शिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र शिकारीका भरियासम्बन्धित ब्लकमा खटाएको […]
बलेवा । चालु आर्थिक वर्षको दोस्रो शिकार याम चैत–वैशाखमा ढोरपाटन शिकार आरक्षमा नौ नाउर र चार झारलको शिकार भएको छ । विदेशी शिकारी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पुगेर शिकार गरेका हुन् । शिकारको दोस्रो यामका शिकारीले नौ नाउर र पाँच झारल शिकारको अनुमति पाएका थिए । तीमध्ये १ झारलको शिकार हुन नसकेको हो ।दोस्रो यामको शिकारबाट झण्डै २५ लाख रुपैयाँ राजश्व उठेको आरक्ष कार्यालयले जनाएको छ । यो वर्ष लिलाम बढाबढ गर्दा नाउरको एक लाख ८१ हजारदेखि एक लाख ९५ हजार र झारलको एक लाखसम्म तोकिएको थियो