आर्थिक संकटमा फसेको श्रीलंकामा प्रदर्शनकारीहरू राष्ट्रपति निवास छिरेका छन्। बिबिसीले उल्लेख गरे अनुसार राजधानी कोलम्बोमा सरकार विरोधी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी राष्ट्रपति गोटबाया राजपाक्षेको सरकारी निवासमा प्रवेश गरेका हुन्। प्रदर्शनकारी प्रवेश गरेपछि राष्ट्रपति राजपाक्षे भागेर सुरक्षित ठाउँमा गएको बिबिसीले उल्लेख गरेको छ। उनी कहाँ छन् भन्नेबारे जानकारी दिइएको छैन। श्रीलंकामा बढ्दो मूल्यवृद्धि र अत्यावश्यक सामग्रीको अभाव चर्किएसँगै लामो समयदेखि विरोध प्रदर्शन भइरहेको छ