सल्यान : आफ्नै गाउँठाउँमा बाख्रापालन गरी सल्यानका किसानहरूले मनग्य आम्दानी गर्दै आएका छन्।कालीमाटी गाउँपालिकका–१ लक्ष्मीपुरका दीपेन्द्र रेउलेले बाख्रापालनबाट वार्षिक ६ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। धेरै युवाहरु रोजगारीका लागि विदेश पलायन भइरहँदा उनले भने स्वदेशमै राम्रो आम्दानी गर्दै आइरहेका छन्।स्थानीय र उन्नत जानका गरी ८० वटा बाख्रा पाल्दै आएका दीपेन्द्र पैसा कमाउनकै लागि विदेश जानु नपर्ने बताउँछन्। स्थानीय जातभन्दा बोयर जातका बाख्राबाट राम्रो आम्दानी भएको उनको भनाइ छ। &ls