माधव समूहले जुरायो नयाँ पार्टीको नाम, चुनाव चिन्ह ‘खुला किताब’

नेकपा एमाले माधव नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ । यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । नयाँ पार्टी निर्माणका लागि अध्यादेशले भनेअनुसार न्युनतम २० प्रतिशत तयारी अवस्थामा रहेकोले प्रक्रिया पूरा गर्ने र अरु थप्दै जाने उल्लेख गरे ।उनले आज डराएकाहरु भोली पार्टीमा सहभागी हुने, आज पार्टी निर्माण गलत लाग्नेलाई भोली सहि लाग्ने उल्लेख गरे । उनले भने– ‘यो अभियान अघि बढ्यो । इमान्दार, नैतिकवान, आदर्श कम

सम्बन्धित सामग्री

चुनाव चिन्ह ‘ब्याट’ फिर्ता लिन पिटिआई उच्च अदालत जाने

पाकिस्तान तेहरीक–ए–इन्साफ पिटिआईले पार्टीको चुनाव चिन्ह क्रिकेटको ‘ब्याट’ हटाउने निर्णयविरुद्ध पेशावर उच्च अदालत वा सर्वोच्च अदालतमा जाने बताएको छ।पाकिस्तान तेहरीक–ए–इन्साफ पिटिआई का अध्यक्ष ब्यारिस्टर गोहर अली खानले शनिबार उक्त घोषणा गरेका हुन्। निर्वाचन आयोगले आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचनका लागि पिटिआईलाई चुनाव चिन्ह ‘ब्याट’ कायम राख्न नदिने निर्णय गरेको छ।पेशावर उच्च अदालतले निर्वाचन आयोगलाई ‘कानुनअनुसार’ शुक्रबारसम्ममा

रवि लामिछाने आजै पार्टी दर्ता गर्न जाँदै, प्रस्तावित चुनाव चिन्ह ‘घण्टी’

काठमाडौँ । पूर्व सञ्चारकर्मी रवि लामिछाने आफूले निर्माण गरेको नयाँ पार्टी आजै दर्ता गर्न जाने भएका छन् । उनले आज (मंगलबार) एक कार्यक्रम मार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको आज घोषणा गरेका थिए । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिन्ह पनि सार्वजनिक गरे । उनका अनुसार पार्टीले निर्वाचन आयोगमा घण्टी चुनाव चिन्हको […]

रविको पार्टीको चुनाव चिन्ह घन्टी

७ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गरेका छन् । काठमाडौंमा पार्टी घोषणा गर्दै उनले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने र चुनाव चिन्ह घन्टी प्रस्ताव गरेको बताए । उनले निर्वाचन आयोगमा दल दर्ताका लागि २१ सदस्यीय कमिटी बनाएकाे जानकारी द‍िए । पार्टीको कार्यालय काठमाडौंको […]

उम्मेदवार नभएको क्षेत्रको मतपत्रमा चुनाव चिन्ह नराख्न माओवादीको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको उम्मेदवार नभएको स्थानको मतपत्रमा चुनाव चिन्ह नराख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले आयोगले उम्मेदवार नभएका ठाउँमा समेत चुनाव चिन्ह राख्न लागेकाले आफूहरूले त्यस्तो नगर्न निवेदन दिएको जानकारी दिए। आयोगबाट त्यसको जवाफ आई नसकेको ढकालको भनाइ छ । सत्ता गठबन्धनमा […]

राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’

राप्रपा नेपालले पार्टीको चुनाव चिन्ह तीर बनाएको छ । पार्टी अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिन्ह ‘तीर’ सार्वजनिक गरेका हुन् ।उनले सामाजिक सञ्जालमार्फत पार्टीको चुनाव चिन्ह ‘तीर’ सार्वजनिक गरेका हुन् । चुनाव चिन्ह सार्वजनिक गर्दै अध्यक्ष थापाले लेखेका छन्, ‘राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’, सनातन संस्कृति एवं पौराणिक मान्यतामा ‘तीर’लाई शक्ति, बहादुरी र लगनशीलताको प्रतीक मानिन्छ । अहिले हामीलाई चाहिएको त्यहि हो । ‘तीर’म

स्थानीय निर्वाचन चुनाव चिन्ह पाउनुपर्ने मागसहित २४ दलको संघर्ष समिति गठन

काठमाडौँ– राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाविरुद्ध आन्दोलन गर्न २४ वटा दलले संघर्ष समिति गठन गरेका छन् । विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पूरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग नदिने कानुनी व्यवस्था घोर अन्यायपूर्ण भएको […]

विवाद भएपछि माधव नेपालको पार्टीको चुनाव चिन्हबारे टुंगो लागेन

माधव कुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीको चुनाव चिन्ह के हुने भन्नेबारे अन्योलता भएको छ ।  यसअघि पार्टीले प्रस्ताव गरेको ‘खुला किताब’ चुनाव चिन्ह स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीसँग मिलेपछि आज त्यसबारे टुंगो नलागेको हो । नवगठित पार्टी एमाले समाजवादीका नेता राजेन्द्र पाण्डेले चुनाव चिन्हबारे पछि निर्णय हुने बताए ।  उनले यसअघि नै निर्वाचन आयोगमा कलम चुनाव चिन्ह भएको पार्टी पनि दर्ता भइसकेको भन्दै सो पार्टीसँग एकता गरेर पनि चुनाव चिन्ह लिन सकिने व

चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र ओलीको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भएको बताए । सोमबार नेकपा प्रचण्ड¬–माधव समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भइरहेको बताए ।निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरू उठाउन खोज्नुले षड्यन्त्र […]