नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसङ्गठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न सो पार्टीको सचिवालय बैठक सुरु भएको हो । भक्तपुरको गठ्ठाघरस्थित जर्मन हस्पिटालिटी होम्समा सुरु भएको बैठकमा केन्द्रीय विभागहरू गठन, प्रदेश, जिल्ला र जनसङ्गठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।एमालेको दशौँ महाधिवेशनबाट पारित विधानअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित १९ पदाधिकारी रहेको सचिवालय रहने व्यवस्था छ