बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, खोप केन्द्र पनि सञ्चालन हुने

बागमती प्रदेशका तर्फबाट प्रतिनिधित्व हुने दुईजना राष्ट्रियसभा सदस्यको रिक्त हुन लागेको पदपूर्तिका लागि माघ १२ गते हुने निर्वाचनको सबै तयारी पूरा भएको छ । भोलि बुधबार हेटौँडाको औद्योगिक  क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयमा हुने मतदानका लागि तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाका प्रमुख लुमनाथ पोखरेलले जानकारी दिए ।राष्ट्रियसभा सदस्यका लागि नेकपा (एमाले) ले ललितपुरका गोपाल शाक्य र सिन्धुलीकी निरु दर्लामीलाई उम्मेदवार बनाएको छ भने सत्तारूढ गठबन्धनले नेपाली कांग्रे