कांग्रेस–जसपाबीच सरकार गठनलगायतका विषयमा छलफल हुने

काठमाण्डाै – नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच छलफल हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेता र जसपाका नेताबीच छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । शुक्रवार दिउँसो चार बजे देउवा निवास बूढानीलकण्ठमा हुने छलफल सरकार गठनलगायतका विषयमा छलफल हुने बताइएको छ । यस्तै जसपासँगको छलफलअघि नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि बस्दैछ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले उज्यालोलाई...

सम्बन्धित सामग्री

कोशी प्रदेशको सरकार गठनका विषयमा शीर्षनेताबीच छलफल

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।...

सरकार गठनपछि राष्ट्रपति बारे छलफल हुन्छ : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सरकार गठनपछि राष्ट्रपतिको विषयमा छलफल हुने बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन हुने सहमति बारे सुनाउँदै उनले यसो भनेका हुन्। 'राष्ट्रपति पदको बारेमा सरकार गठनपछि छलफल गरेर सहमति गरिन्छ,' उनले भने। एमाले अध्यक्ष केपी शर्मा ओली…

राष्ट्रपतिका विषयमा सरकार बनेपछि छलफल गर्छौं : शंकर पोखरेल

१० पुस, काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले सरकार गठन पछि मात्र राष्ट्रपति र सभामुख लगायतका पद भागवण्डाका विषयमा छलफल गर्ने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो । सो निर्णयपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले भने, […]

सरकार र नेकपाबीच  तीनबुँदे सहमति,  कार्यान्वयनबारे छलफल

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ । शनिबार गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद...

सरकार र विप्लव नेतृत्वको नेकपाबीच सहमति कार्यान्वयन गर्ने विषयमा छलफल

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच २० फागुन २०७७ मा भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ।

सरकार र उखु किसानबीच बक्यौता भुक्तानीका विषयमा छलफल हुँदै

सरकार र उखु किसानबीच उखुको बक्यौता भुक्तानीको विषयमा छलफल भइरहेको छ । बक्यौता रकम नपाएको भन्दै आन्दोलनको चेतावनी दिएका किसानका प्रतिनिधिसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार छलफल थालेको हो ।२०७७ पुस १३ गते भएको सम्झौताअनुसार किसानका सम्पूर्ण बक्यौता रकम २१ दिनभित्र चिनी उद्योगबाट भुक्तानी गर्न लगाउने प्रतिवद्धता मन्त्रालयले जनाएको थियो । तर आठ महिना बितिसक्दा पनि आफूहरुले भुक्तानी नपाएको भन्दै किसानले आन्दोलन घोषणा गरेका छन् । उनीहरुले भदौ ५ गतेसम्म भुक्तानी नपाए कडा संघर्षका कार्य

नयाँ अर्थमन्त्री भन्छन् – बजेटको विषयमा छलफल हुन्छ

काठमाडौं। केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको विषयमा छलफल गर्ने नवनियुक्त अर्थमन्त्रीले बताएका छन्। मन्त्रालयको पदभार सम्हाल्दै मन्त्री शर्माले निर्वतमान अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटको विषयमा छलफल गर्ने बताए। उनले वर्तमान सरकारको आफ्नै भिजन अनुसार बजेट ल्याउन सक्ने संकेत गरेका हुन्। भने, “नयाँ सरकार गठन भएपछि आफ्नो भिजनअनुसार काम गर्नुपर्ने हुन्छ। त्यसैले वर्तमान सरकारको आवश्यक्ता पहिचान गर्नुपर्ने हुन्छ।”

विपक्षी गठनबन्धनका नेताबीच प्रदेश सरकार पुनःगठनलगायत विषयमा छलफल

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) बाट निष्कासित नेता माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको छ । सभापति देउवा निवास बूढानिलकण्ठमा आज भएको भेटवार्तामा उनीहरुबीच प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश सरकार पुनःगठनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको सभापति देउवाका स्वकीय सचिव […]

कांग्रेसको पदाधिकारी बैठक बस्दै, सरकार गठनको विषयमा छलफल हुने

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने बैठकमा नयाँ सरकार गठन, पार्टीको महाधिवेशन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेपछिको अवस्थाका विषयमा पनि बैठकमा छलफल हुनेछ । नेपाली कांग्रेसले माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको नेतृत्व नलिने बताएको छ । माओवादीले भने जसपा र नेपाली कांग्रेसले स्पष्ट वचन नदिएकाले सरका...

सरकार गठनका विषयमा छलफल गर्न ५ सदस्यीय कार्यदल बनाउने जसपाकाे निर्णय

जनता समाजवादी पार्टी (जसपा) ले नयाँ सरकार समिकरणका विषयमा छलफल गर्न पाँच सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ।...