सरकार र उखु किसानबीच बक्यौता भुक्तानीका विषयमा छलफल हुँदै

सरकार र उखु किसानबीच उखुको बक्यौता भुक्तानीको विषयमा छलफल भइरहेको छ । बक्यौता रकम नपाएको भन्दै आन्दोलनको चेतावनी दिएका किसानका प्रतिनिधिसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार छलफल थालेको हो ।२०७७ पुस १३ गते भएको सम्झौताअनुसार किसानका सम्पूर्ण बक्यौता रकम २१ दिनभित्र चिनी उद्योगबाट भुक्तानी गर्न लगाउने प्रतिवद्धता मन्त्रालयले जनाएको थियो । तर आठ महिना बितिसक्दा पनि आफूहरुले भुक्तानी नपाएको भन्दै किसानले आन्दोलन घोषणा गरेका छन् । उनीहरुले भदौ ५ गतेसम्म भुक्तानी नपाए कडा संघर्षका कार्य