१४ वर्षमा साढे ९ हजार श्रमिक बाकसमा फर्किए

काठमाडौं । वैदेशिक रोजगार फस्टाएको पछिल्लो १४ वर्षको अवधिमा कामका लागि विभिन्न मुलुक गएका करिब साढे नै हजार नेपालीको मृत्यु भएको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका एक हजार दुई सय ४२ जनाका परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको छ । यो संख्यामा अघिल्लो वर्ष (२०७६/७७) मृत्यु भएका पनि […]

सम्बन्धित सामग्री

घटे विदेशी श्रमिक

स्वदेशमा रोजगारीका अवसर नपाएर रोजगारीको खोजीमा बिदेसिने नेपालीको सङ्ख्या बढेका बेलामा विदेशबाट नेपालमा आएर काम गर्नेको सङ्ख्या भने घटेको छ । पछिल्लो दुई आर्थिक वर्षमा विभिन्न देशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या ११ प्रतिशतले घटेको हो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार आव २०८०/८१ मा विकास साझेदार कम्पनीको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा कामका लागि नेपालबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या दुई हजार ६८५ रहेको छ । जसमा नयाँ एक हजार २० जना रहेका छन् भने श्रम नवीकरण गर्नेको सङ्ख्या एक हजार ६६५ जना रहेका छन् । जबकि आव २०७९/८० यो सङ्ख्या दुई हजार ९९४ जना थियो । जसमा नयाँ एक हजार ३६९ जना थिए भने श्रम नवीकरण गर्ने एक हजार ६२५ जना थिए । जुन सङ्ख्या आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा ३०९ जनाले बढी हो । नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका लागि करिब ७४ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् । आव २०८०/८१ मा नेपालबाट श्रम स्वीकृति लिएर काम गर्नेमध्ये ६२ प्रतिशत चिनियाँ रहेका छन् । अन्य बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, अस्टे«लिया, भारत, श्रीलङ्का, बङ्गलादेश जर्मनीलगायतका देशका रहेका छन् ।

कृषि श्रमिकको ज्याला १८ वर्षदेखि एउटै : दैनिक २१ रुपैयाँ मात्र

सरकारले अन्य क्षेत्रका श्रमिकको ज्याला वार्षिक वा हरेक दुई वर्षमा परिमार्जन गरे पनि कृषि श्रमिकको भने ०६२ मा तोकिएको ज्याला अहिलेसम्म पुनरावलोकन गरेको छैन औपचारिकअन्तर्गत कृषि क्षेत्रमा ९० हजार श्रमिक छन्, जसमध्ये पुरुष...

सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए

काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् । कोषले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख सात हजार सात सय […]

सामाजिक सुरक्षा कोष : ५ वर्षमा ५% मात्रै

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू भएको पाँच वर्षमा ५ प्रतिशत श्रमिक मात्रै दायरामा आएका छन् । सरकारले रोजगारदाता प्रतिष्ठानलाई सामाजिक सुरक्षामा आउन कडाइ नगर्नुका साथै अनौपचारिक क्षेत्रलाई कानुनी रूपमा नसमेट्दा ९५ प्रतिशत श्रमिक अझै कार्यक्रमबाहिरै हुन् । सामाजिक सुरक्षा कोषका अनुसार शनिबारसम्म १७ हजार ४ सय ८३ रोजगारदाताले ३ लाख ७३ हजार १ सय ११ जनालाई मात्रै कोषमा सूचीकृत गराएका छन् ।

औद्योगिक क्षेत्रले तलब र सुविधामा खर्च गर्छ वार्षिक एक खर्बभन्दा बढी

१८ असोज,काठमाडौं । नेपालका औद्योगिक प्रतिष्ठानले एक वर्षमा तलब, ज्याला र सुविधामा एक खर्ब ७ अर्ब रुपैयाँभन्दा धेरै नगद खर्चिने गरेको पाइएको छ । केही दिनअघि प्रकाशित राष्ट्रिय औद्योगिक सर्भेकाअनुसार नेपालका ६० हजार १८५ वटा उद्योगमा ३ लाख ८१ हजार ६८७ जना श्रमिक कर्मचारी छन् । उनीहरुमध्ये विद्युत ग्यास, बाफ तथा वातानुकुलीन क्षेत्रमा काम गर्ने […]

एक वर्षमा ४५ हजार महिला श्रमिक बिदेसिए

कोभिड संक्रमणका कारण नेपालमा रोजगारीका क्षेत्रमा संकुचन आएपछि काम खोज्दै विदेशिने महिलाको संख्या उच्च देखिएको छ । सरकारले वैदेशिक रोजगारीमा घरेलु श्रमिकका रुपमा जाने महिलाको श्रमस्वीकृति रोक्का गरे पनि विगत ५ वर्षको तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा बढी महिलाले विदेश जान श्रमस्वीकृति लिएका छन् ।२०७४ सालमा संसद्को परराष्ट्र तथा श्रम सम्बन्ध समितिको अध्ययनले घरेलु […]

विदेशमा नेपाली श्रमिक जोखिममाः १३ वर्षमा साढे नौ हजारले गुमाए ज्यान

मृत्यु हुनेमा धेरै नेपाली खाडी मुलुक र मलेसिया पुगेका छन्। खाडी र मलेसियामा मात्रै नौ हजार तीन सयभन्दा बढीले ज्यान गुमाएको अभिलेख छ ।...

विदेशमा नेपाली श्रमिक जोखिममाः १३ वर्षमा साढे नौ हजारले गुमाए ज्यान

मृत्यु हुनेमा धेरै नेपाली खाडी मुलुक र मलेसिया पुगेका छन्। खाडी र मलेसियामा मात्रै नौ हजार तीन सयभन्दा बढीले ज्यान गुमाएको अभिलेख छ ।...