माघ १६, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले रू. ८५ लाख ४९ हजार खुद नाफा गरेको छ ।
आइतवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा यस वर्ष ३९ दशमलव १८ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ करोड ४० लाखभन्दा बढी यो नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको आम्दानी करीब २ प्रतिशत बढेको छ भने वित्तीय खर्च करीब ३२५ प्रतिशत बढी भएको छ ।
वित्तीय खर्च बढेकाले कम्पनीको सञ्चालन नाफा करीब ५ प्रतिशत घटेको छ । गत वर्ष रू. ५ करोड ४५ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीको यो आम्दानी यस वर्ष रू. ५ करोड ५५ लाखभन्दा बढी छ ।
त्यस्तै गत वर्ष रू. १४ लाखभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष यो शिर्षकमा रू. ६१ लाखभन्दा बढी खर्चिएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३८ करोडभन्दा बढी छ ।
गत वर्ष रू. ३२ करोड ४७ लाखभन्दा बढी ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष सुधारिएर रू. २६ करोड ८ लाख कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ४२ दशमलव ३७ र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ८२ छ ।