काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५७ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीले रू. १४ करोड ४१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू.२२ करोड ७३ लाख पुगेको हो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी ४२ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. २३ करोड ९७ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ३४ करोड भन्दा बढी पुगेको हो ।
कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ६४ करोड छ भने जगेडामा रू. २६ करोड ६५ लाख सञ्चित गरेको छ । कम्पनीको बीमा कोषमा रू. ५६ अर्ब १५ करोड रहेको छ । कम्पनीले रू. ७ अर्ब ६८ करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवमा रू. ६ अर्ब ८० करोड थियो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ८०, मूल्य आम्दानी अनुपात ६५ दशमलव ९२ गुणा र प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव ७६ छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्