चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालका नाम चलेका ठूला बीमा जीवन कम्पनीहरूको नाफामा उच्च कमी देखिएको छ । पहिलो त्रैमासमा नेपाल लाइफ, एलआईसी नेपाल, नेशनल लाइफ, मेट लाइफ, गुराँस लाइफ गरेर पाँच कम्पनीको नाफा घटेको हो ।
नेपाली बजारमा यी कम्पनी बढी नाफा कमाउने भनेर चिनिन्छन् । तर, यसपटक यिनीहरूको नाफा नराम्ररी घटेको छ ।
नेपाल लाइफ इस्योरेन्स नाफा कमाउने कम्पनीहरूमा पहिलो नम्बरमा पर्दै आएको थियो । तर, यसपालि उक्त कम्पनीको नाफा घटेको छ । त्यसमाथि नाफा कमाउने कम्पनीहरूको सूचीमा उक्त कम्पनी सबैभन्दा पछाडि प...