काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग गर्नुभएको भेटलाई स्वाभाविकै रूपमा लिइएको प्रतिक्रिया दिनुभएकाे छ । आज साेमवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेता गुरुङले आउँदाे असार १५ गते बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्ने सङ्केत गर्नुभयाे । सञ्चारकर्मीहरूले पदाधिकारी नियुक्ति कहिले हुन्छ ? भनी प्रश्न गरेका थिए । त्यसकाे जवाफ दिँदै उहाँले भन्नुभयाे, ‘पदाधिकारीको विषयमा ...