काठमाडौं, साउन ३। जीवनराम श्रेष्ठ गत असार २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भएपछि दलबलसहित पशुपति क्षेत्र गए । पशुपतिनाथको मूल प्रवेशद्वार अगाडि उनले खिचाएको तस्बिरको सामाजिक सञ्जालमा निकै आलोचना भयो । कारण थियो– अन्य भक्तजनले जुत्ता–चप्पल लगाएर जान नपाइने ठाउँमा उनीहरूले जुत्ता लगाएर खिचिएको तस्बिर । मन्त्री श्रेष्ठको टोलीले जुत्ता लगाएर गएको ठाउँ जुत्ता–चप्पल निषेधित […]