ललितपुर / महालक्ष्मी नगरपालिकाले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत यहाँका किसानलाई रु २२ लाख सहयोग गरेको छ ।
नगरपालिकालाई कृषिको माध्यमबाट अघि बढाउने योजनाबमोजिम आज महालक्ष्मीले
चुरेको फेंदीबाट बग्ने चाँदी नदीमा चन्द्रपुर नगरपालिकाले गिटी बालुवा उत्खननको अनुमति दिएको छ। चन्द्रपुर नगरपालिकाले अवैध रुपमा चुरे क्षेत्र दोहनको अनुमति दिएपछि सर्वत्र आलोचना हुन थालेको छ।...
काठमाडौं, २१ पुष । पृथ्वी जयन्तीको अवसरमा नुवाकोटको विदुर नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको जन्मजयन्ती पुष २७ मा नगरपालिकाले सार्वजनिक विदा दिने भएको हो । ‘यस विदुर नगरपालिकाको पुस १७ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयानुसार राष्ट्रिय एकीकरण दिवसको अवसरमा पुस २७ गते यस नगरपालिका कार्यालय र […]
काठमाडौं, पुस २१ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले चार दिन बिदा दिएको छ। . चिसो तथा सितलहरका कारण विद्यार्थीको स्वास्थमा असर पर्ने भन्दै नगरपालिकाले चार दिन बिदा दिएको सूचनामार्फत जानकारी गराएको छ। नगरपालिका भित्रका शैक्षिक संस्थाहरु पुस २१ देखि २४ गतेसम्म बन्द हुनेछन्।
४ साउन, काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरभित्रका पाँच वटा सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष तय भएको कार्यक्रम अनुसार नगरभित्रका सामुदायिक विद्यालयहरुलाई शैक्षिक पहुँच, गुणस्तर सुधार गर्न अनुदान सहयोग गरेको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेले […]
सुर्खेत– अछामको पञ्चदेवल विनायक नगरपालिकाले बयालपाटा अस्पताललाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । नगरपालिकाले अस्पतालको व्यवस्थापनका लागि पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको हो । पञ्चदेवल विनायक नगरपालिकाले दिएको यो रकम अस्पतालको व्यवस्थापनमा खर्च हुने नगरपालिकाका उपप्रमुख हर्कबहादुर रावलले बताए । दुर्गम क्षेत्रमा सञ्चालनमा आएको अस्पताललाई सहयोग पुगोस् भनेर अनुदान प्रदान गरिएको नगरपालिका–६ का वडा अध्यक्ष […]
काभ्रे । काभ्रेको पनौती नगरपालिकाले किसानलाई पाडा वितरण सुरु गरेको छ । पनौती नगरपालिका– १ रयालेका १७ जना किसानलाई लागत साझेदारीमा पाडा वितरण गर्दै कार्यक्रमको सुरुवात गरिएको हो । किसानको जीवनस्तर उकास्न तथा मासु उत्पादनमा वृद्धि गर्न पाडा वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा १ सय १० वटा पाडा वितरण गर्र्दै […]
बेँसीसहर नगरपालिकाले नगरपालिकाभित्रका दुई सयजना किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले कृषिमा यान्त्रिकीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो । नगर प्रमुख...
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वागतमा महोत्तरीको एक नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाले प्रचण्डको स्वागतमा बुधबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरु वडा नम्बर २,३,४,६,७, ८ र ९ को उद्घाटनका लागि प्रचण्ड बुधबार महोत्तरी जाँदैछन् ।
नगरपालिकाले सार्वजनिक बिदा दिँदै उद्घाटन समारोहमा सहभागी भएर शोभा बढाइदिन पनि अनुरोध गरेको छ ।
कार्यक्रम दिउँसो १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको ...
संखुवासभाको खाँदबारी नगरपालिकाले हरिबोधिनी एकादशीमा दुई दिन विदा दिएको छ ।
कात्तिक २८ गते र २९ गते दुई दिन विदा दिएको हो । कार्यपालिकाको बैठक बसेर निर्णय गरेर नगरपालिकाले बिदा दिएको हो ।
कात्तिक २८ गते र २९ गते यस नगरपालिका अन्तर्गत सम्पुर्ण विषयगत शाखाहरु/कार्यालयहरु वडा कार्यालयहरु स्वास्थ्य संस्था र विद्यालयहरुमा स्थानिय निर्णय भएको हुँदा उल्लेखित दिनहरुमा उत्त संस्थाहरु बन्द रहने भनि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक घिमिरेले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यता नगरपालिकाका मेयर म...
२० भदौ, महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले किसानलाई अनुदानमा पावर टिलर प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत यूएनडीपी र स्वीट नेपालको ५० प्रतिशत लागत साझेदारीमा नगरपालिकाले आइतबार किसानलाई पावर टिलर हस्तान्तरण गरेको हो । नगर प्रमुख अशोककुमार चन्द र प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले संयुक्त रुपमा विभिन्न वडाका २० […]