काठमाडौँ । नेपाल बार एशोसिएशनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग भेट गर्ने भएका छन्। शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट पेशी तोक्ने सुझाव प्रतिवेदन कार्यान्वयन गराउन १५ दिने अल्टिमेटम दिएको बारका पदाधिकारीले आज आइतबार प्रधानन्यायाधीश राणा भेटेर समग्र विषयमा छलफल गर्न लागेका हुन्।