इजलासमा बसे प्रधानन्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार इजलासमा बसेका छन् । प्रधानन्यायाधीश जबराको इजलासमा चितवन जिल्ला अदालत समेतका विरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ । महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट डा. टेकबहादुर घिमिरेले दायर गरेको रिट निवेदनमाथि प्रधानन्यायाधीश जबराको बेन्चमा सुनुवाइका लागि पेसी तोकिएको थियो । सोही इजलासमा उच्च अदालत पाटनसमेतका विरुद्ध भेषराज लोहनीले दायर गरेको रिट निवेदन पनि पेसीमा राखिएको छ ।नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न आग्रह गरेको थियो

सम्बन्धित सामग्री

सबैखाले मुद्दाको पेसी तोकियो, प्रधानन्यायाधीश पनि इजलासमा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सोमबारका लागि सबैखाले मुद्दाको पेसी तोकेका छन्। प्रधानन्यायाधीश जबराले आज १० इजलासमा २९८ मुद्दाको पेशी तोकेका छन्।जबराले आइतबार पनि सबै प्रकृतीका मुद्दामा पेसी तोकेका थिए। यद्यपि,...

प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नबस्न ११ न्यायाधीशलाई बारको पत्र

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले तोकेको इजलासमा सहभागी नहुन आग्रह गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुलाई छुट्टाछुट्टै चिठी पठाएको छ । प्रधानन्यायाधीशमाथि गम्भीर आरोप लागेकाले उनले तोकेको इजलासमा संलग्न नभई असहयोग गर्न सबै न्यायाधीशहरुलाई अनुरोध गरिएको बारले जनाएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा नदिने चट्टाने अडान, न्यायाधीशहरु इजलासमा फर्कने

काठमाडौं, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजीनामा नदिने चट्टाने अडानमा कायमै रहेपछि न्यायाधीशहरु गलेका छन् । उनीहरु भोलिबाट इजलासमा फर्कने भएका छन् । विद्रोहमा उत्रिएका न्यायाधीशहरुबीच नै मतभेद हुन थालेपछि नयाँ परिस्थिति सृजना भएको हो । सोमबारबाट कतिपय न्यायाधीशहरु इजलासमा फर्किइसकेका छन् । आज प्रधानन्यायाधीश जबराले अधिकांश न्यायाधीशहरुको इजलास तोकेर कठोर निर्णय सम्म […]

मुद्दा छानी–छानी आफ्नै इजलासमा पेशी तोक्दै प्रधानन्यायाधीश

१५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नयाँ दर्ता भएका रिट निवेदन छानीछानी आफ्नै इजलासमा पेशी तोक्न थालेका छन् । आइतबार चारजना न्यायाधीशको एकल इजलास राखेका उनले सुनुवाइ हुने खालका र अनुकूल मुद्दामात्रै आफ्नो इजलासमा तोकी बाँकी मुद्दा अरु न्यायाधीशको एकल इजलासमा तोकेका हुन् । आइतबार प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा दुईवटा निवेदनमात्रै राखेका थिए […]

प्रधानन्यायाधीश जबराले एकल इजलासमा सुनुवाई गरे

काठमाडौं, १४कार्तिक । नेपाल बार एशोसिएशनको आन्दोलनका बावजुदपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज एकल इजलासमा सुनुवाई गरेका छन् । प्रधानन्यायाधीश जबराले आज दिउँसो पौने चार बजेतिर एकल इजलासमा सुनुवाई गरेका छन् ।  उनले नेपाली सेनाको सैनिक विशेष अदालतमा पुगेको मुद्दा जोडिएको क्षेत्र अधिकारको विषयमा प्रारम्भिक सुनुवाइ गरेका छन् । महान्याधिवक्ता कार्यालयले दर्ता गरेको रिट निवेदनमा […]

प्रधानन्यायाधीश जबराले तोके पेशी, आफ्नो इजलासमा ३० थान मुद्दा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि आफ्नो एकल इजलास तोकेका छन् । बिहीवार तोकिएको पेशीमा बृहत् पूर्ण इजलास, संयुक्त इजलास साथै जबराले पनि आफ्नो एकल इजलास तोकेका हुन् । प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा ३० वटा मुद्दा राखेका छन् ।  विविध, उत्प्रेषण, लागुऔषध खैरो हेरोइन, उत्प्रेषण परमादेश लगायतका मुद्दा उनले आफ्नो इजलासमा राखेका हुन् ।  सहकर्मी न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आन्दोलित भइरहेका बेला जबराले बुधवार पनि आफ्नो एकल इजलासमा ५ वटा मुद्दा राखेर सुनुवाइ गरेका थिए । त्यसै गरी न्याय...

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा वाध्यकारी रुपमा रहनुपर्ला ?

काठमाडौं, ८ असोज । संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने विवाद टुंगो लगाउन सुनुवाई बढेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुकार शर्माको इजलासमा सुनुवाई बढेको हो । प्रधानन्यायधीशविनाको संवैधानिक इजलास गठन हुन सक्ने वा नसक्ने भन्ने बहस अदालतमा पुगेको हो । अधिवक्ता दिपकविक्रम मिश्र र डा. गणेश रेग्मीले छुट्टाछुट्टै रिट दायर भएकोमा इजलासमा पेसी […]

कुलमान घिसिङको नियुक्तिविरूद्धको रिट प्रधानन्यायाधीश राणाको इजलासमा

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज हुँदैछ । घिसिङको नियुक्ती बदरको माग गर्दै भदौ २ मा सर्वोच्च पुगेका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ । यसअघि न्यायाधीश कुमार रेग्मीको इजलास र प्रधानन्यायाधीश जबराकै इजलासमा दुइ पटक परेको यो रिट […]

संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने नपाउने भन्ने विवादको आज निरुपण हुने

काठमाडौं, १७ भदौ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने वा नपाउने भन्ने विषयको विवाद बिहीबार सर्वाेच्च अदालतले निरुपण गर्ने सम्भावना देखिएको छ । प्रधानन्यायाधीश संवैधानिक परिषद् सदस्यसमेत हुन् । उनी सहभागी बैठकले गरेका निर्णयविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने वा नपाउने विवादको निरुपणा सर्वाेच्चले टुंग्याउने भएको हो । सो रिटको पेसी […]

इजलासमा हठ नगर्नुस् : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलासमा हठ नगर्न कानुन व्यवसायीहरुलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाईका क्रममा बुधबार प्रधानन्यायाधीश जबराले बहसका लागि समय सीमा तोक्दै यस्तो निर्देशन दिएका हुन् ।प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनहरुमाथि तीन सयभन्दा बढी कानुन व्यवसायीले वकालतनामा दिएको र अझै पाँच वटा रिटमाथि सुनुवाई हुनै बाँकी रहेको अवस्थामा प्रधानन्यायाधीश जबराले अब एकजना कानुन व्यवसायीका लागि १० देखि १५ मिनेटमात्र बहसका लागि