मकवानपुर । पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि नेपालमा पनि कोरोनाको संक्रमणको दर उच्च हुँदै गएको छ । संघीय राजधानी रहेको बागमती प्रदेशमा पनि कोरोना भाइरसको संक्रमण केही दिनदेखि तीव्र रुपमा वृद्धि भएको छ । बागमती प्रदेशमा हालसम्म १६ हजार ६ सय २० जनामा कोरोना संक्रमण देखिएको छ भने बिहिबारमात्र ६ हजार ७ सय ८ जनाको स्वाबको नमुना परिक्षण गर्दा १ हजार २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रदेशका १३ जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी कोरोना संक्रमणबाट संक्रमित भएका छन्