बागमती प्रदेशमा पछिल्ला दिन कोरोना संक्रमणको दर तीव्र रुपमा बढेको छ । प्रदेशमा पछिल्लो १० दिनमा मात्र कोरोना संक्रमणको दर १२ गुणाले बढेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पुस २० गते बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २५३ थियो भने पुस ३० गतेसम्म आइपुग्दा कोरोना यो संख्या बढेर ३ हजार ८९ पुगेको छ । प्रदेशमा पुस २१ गतेदेखि क्रमिक रुपमा संक्रमितको संख्या बढेको देखिन्छ ।पुस २१ गते बागमती प्रदेशका २८७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस यता, पुस २२ मा ३५० जना, पुस २३ मा ४३० जन