काठमाडौं। शुक्रबार ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सार्वजनिक यातायातको भाडादर बढेसँगै बागमती प्रदेशमा गाडी चढ्ने बित्तीकै २० रुपैयाँ तिर्नुपर्ने भएको छ। सेयर बजारमा लगाइएको ४÷१२को मार्जिन नीति संशोधन गरिएको छ। आज पनि प्रदेश १को नामाकरण हुन सकेन । सहकारीको नियमन गर्न छुट्टै निकाय गठन गरिने भएको छ।