केरामा हावाहुरीको कहर : चैतयता दस करोडभन्दा बढीको नोक्सानी

कोरोनाको कहरकै बीच हावाहुरी र असिना पानीका कारण उत्पादन गरिएको केरा सखाप भएपछि चितवनका किसान चिन्तित छन् । बन्दाबन्दीका कारण बजारको सहज पहुँच नभइरहेका बेला प्राकृतिक विपत्तिको मारमा समेत किसान परेका हुन् । पूर्वी चितवन रत्ननगरमा व्यावसायिक केरा खेती गर्दै आएका किसान विष्णुहरि पन्त हावाहुरी र असिना पानीले केरा खेतीमा ठूलो क्षति पुगेको बताउनुहुन्छ । पछिल्लोपटक चितवनमा जेठ दोस्रो साता आएको हावाहुरीले क्षति बढी गरेको बताइन्छ ।

सम्बन्धित सामग्री

अन्तरजातिय विवाह रहर कि कहर ?

सुर्खेत –  २०७७ जेठ १० गते रुकुम चौरजहारी नगरपालिका–८, सोतीकी मल्ल थरकी १७ वर्षे युवतीसँगको प्रेम सम्बन्धका कारण नवराज बिकसहित उनका ६ जना साथीहरुले ज्यान गुमाए। प्रेमिकालाई लिन भनेर चौरजहारी पुग्दा युवतीका परिवारसहित उक्त समुदायका ठूलो जनसंख्याले उनीहरुमाथि घरेलु हतियारसहित हमला गर्‍याे। वीरेन्द्रनगरमा भएकाे ‘कर्णाली उत्सव,कुडा कर्णालीका’को दोस्रो दिन ‘अन्तरजातिय विवाह : रहर र कहर’ […]

मधेसमा शीतलहरको कहर

जनकपुरधाम, पुस ८ । परालले छाएको सानो छाप्रो। एकातिर दाउरा र अर्कातिर परालको बोझाको बारबेर। चिसो भुइँमा पातलो सुकुल ओछ्याइको। नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने। सिरहाको गोलबजार नगरपालिका–१० मुसहरी टोलका श्यामदेवी सदायको छाप्रोको अवस्था हो यो। यही ओछ्यानमा कठ्यांग्रिएर उनको साताजनाको परिवार थरथर काँप्दै शीतलहरको सिरेटो काट्दैछन्। चार छोराछोरी र वृद्धा आमालाई […]

सप्तकोशीको कहर : स्थानीयलाई दोहोरो त्रास

पहाडी इलाकामा वर्षा रोकिएसँगै सप्तकोशीमा पानीको सतह घटेको छ । तर, अझै कटान भने जारी रहेकाले सप्तकोशीको कहर यथावतै छ । उदयपुरको बेलका नगरपालिका–१ डुम्रीबोटेबाट सप्तकोशी पुरानै धारमा बग्न सुरु गरेको छ । जसले बेलका नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडाका विभिन्न स्थानको मानव वस्ती जोखिममा परेको छ । २०४५ सालको भूकम्पपछि धार परिवर्तन गरेको सप्तकोशीले पुनः सोही धार समात्न खोजेपछि त्यहाँका २ हजार ५ सय घर परिवार विस्थापनको जोखिममा छन् । जोखिममा पर्नेहरु १ हजार ५ सय घरपरिवारलाई सुरक्षित स्थानमा

काठमाडौंमा बाढीको कहर (फोटोफिचर)

काठमाडौं । गएराति परेको अविरल वर्षाका कारणका केही क्षेत्र डुवानमा परेको छ । बल्खु स्थित तरकारी बजार बिहान पुरै डुबेको थियो भने नदी किनारका अन्य ठाउमा समेत घरभित्रै पानी पसेको थियो । केही तस्विरहरु । The post काठमाडौंमा बाढीको कहर (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भारत : बालबालिकामा ज्वरोको कहर; १५ दिनमा ५२ को मृत्यु

भारतको उत्तर प्रदेशको फिरोजाबादमा अज्ञात ज्वरोको कहर बढिरहेको छ । पछिल्लो २४ घण्टाभित्र यहाँ थप सात बालबालिकाको मृत्यु भएको छ ।जिल्लाको यो अज्ञात ज्वरोका कारण १५ दिनभित्र मृत्यु हुनेको संख्या ५२ पुगेको छ । मेडिकल कलेजकी प्राध्यापक डा. संगीता अनेजाले दिएको जानकारी अनुसार १८५ बालबालिका अस्पताल भर्ना छन् । हालसम्म उनीहरुको मृत्युको कारण अर्थात् रोगको कारण केही पत्ता लाग्न सकेको छैन । यस्तोमा अस्पतालको स्थिति भयावह हुँदै गएको छ ।हरेक घण्टा ८–१० बालबालिका अस्पताल भर्नाःफिरोजाबादको जिल्ला अस्पता

कोरोना कहर र कौसी खेती

विश्वव्यापी रूपमा कोरोना कहरको तेस्रो लहर सुरु हुन लाग्नुको साथै ठूलो धनजनलगायत संसारलाई नै आक्रान्त रहेको अवस्था छ । यसमा नेपाल पनि अछुतो रहन भने सकेको छैन । अहिलेको स्थिति भनेको हाम्रो देशमा धानबालीको रोपाइँलगायत विभिन्न किसिमका बालीनालीहरू लगाउने समय पनि हो । हाम्रा छिमेकी देशमध्ये चीनमा सामान्य भए पनि भारतमा भने दिनहुँ भयावह रूपमा […] The post कोरोना कहर र कौसी खेती appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोरोना कहर : नाउर गणना प्रभावित

फुङ्लिङ, ११ जेठ: ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा कोभिड—१९को कारणले नाउर गणना प्रभावित भएको छ । ओलाङ्चुङगोला र याङ्मा क्षेत्रमा प्रवेश पूर्ण रोक्का गरेसँगै नाउर गणना कार्यक्रम प्रभावित हुन पुगेको हो । कञ्चनजङ्घा क्षेत्रको कार्यालयदेखि नाउर गणनाको लागि प्रविधिक टोली अहिले लेलेपमा पुगेर अलमलमा परेको कार्यालयका प्रमुम संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । उनले भने, “ओलाङ्चुङ्गोला […]

कोरोनाको कहर : लाश बोकेर पैसा कमाइरहेछन् मजदूर

कोरोनाको कहर कसैलाई लागि विपत हो भने कसैका लागि यो अवसर हो ।  जोखिम मोलेर भए पनि गरीब मजदूरहरू शव बोकेर पैसा कमाउन बाध्य भएका छन् ।  भारतको मोक्षनगरी बनारसमा ज्यान गुमाएकाहरूको परिवारका सदस्य डराइरहेको बेलामा मजदूरहरूले लाश बोक्ने काम गरिरहेका छन् ।  मोक्षको कामना गर्दै काशीमा अन्त्येष्टिका लागि मानिसहरू आइरहेका छन् तर शवलाई उठाउन डराइरहेका छन् ।  यस्तो अवस्थामा शव बोक्ने मजदूरहरूले काम पाएका छन् । केही मजदूरी पाइने आशामा उनीहरू संक्रमणको जोखिम मोलेर भए पनि अन्त्येष्टिमा सघाइरह...

भारतमा कोरोनाको कहर : पति संक्रमित भएपछि अस्पतालमा महिलाले गरिन् आत्महत्या

भारतका कोरोनाको कहर जारी रहँदा गोरखपुरको एक निजी अस्पतालका कोरोना संक्रमित पतिको उपचार गराइरहेकी महिलाले हैरान भएर बुधवार आत्महत्या गरेकी छन् ।  दुई दिनअघि कोरोनाका कारण ती महिलाका ससुराको ज्यान गएको छ ।  मेडिकल कलेज रोडमा रहेको निजी अस्पतालमा पतिको उपचार गराउन ती महिला क्याम्पियगञ्जबाट आएकी थिइन् । उपचारका क्रममा पतिलाई सास फेर्न गाह्रो परिरहेको थियो । अस्पताल प्रशासनले महिलालाई अक्सिजनको व्यवस्था गर्न भन्यो । महिलाका पिता अक्सिजन खोज्न हिँडे । त्यसैबीचमा महिलाले अस्पताल भवनको पछाडि गएर आत्महत्या गरिन् ...