विदेशमा रहेका मन्त्रीलाई सुनाउँदै सदनको डेढ घण्टा खेर, सूर्य थापाको नियमापत्तिपछि कार्यसूची हेरफेर (भिडिओ)
प्रतिनिधिसभामा विभिन्न मन्त्रालयको विनियोजन विधेयकमाथि छलफलका क्रममा सम्बन्धित मन्त्रीको अनुपस्थितिबारे डेढ घण्टासम्म सदन बेखबर भएपछि एमाले सांसद सूर्य थापाले नियमापत्ति गरेर छलफल रोकाएका छन् ।
काठमाडौं। भियतनामको एउटा अदालतले देशको अहिलेसम्मकै सबैभन्दा ठूलो सामूहिक घुसखोरी र भ्रष्टाचार मुद्दामा एक पूर्वमन्त्रीसहित कैयौं उच्च पदस्थ अधिकारीलाई जेल चलान गरेको छ । बीबीसी अंग्रेजीले प्रकाशित गरेको खवर अनुसार अदालतले ५४ जनालाई जेल सजाय सुनाएको छ।
फैसला सुनाउँने न्यायाधीशहरूका अनुसार अभियुक्तहरूले कोभिड-१९ महामारीको समयमा हवाई मार्फत स्वदेश फिर्ता हुने मानिसहरूबाट पैसा असुलेका थिए। भियतनाम सरकारले पछिल्लो समय देशभर भ्रष्टाचार विरूद्धको अभियान चलाएको छ । यहि अभियानका विच अदालतको यो फैसला आएको हो ।
दुई हप्ताभन्दा बढीको सुनुवाइपछि त्यहाँको हनोईको अदालतले दर्जनौं पूर्व-अधिकारीहरू, वरिष्ठ कूटनीतिज्ञहरू र एक पूर्व उप विदेश मन्त्री सहित - घूस, ठगी र पदको दुरुपयोगमा संलग्न भएकोमा दोषी ठहर गर्दै अदालतले प्रतिवादीहरूलाई "गम्भीर सजाय दिनुपर्ने" भनेको छ।
महामारीको समयमा भियतनामी नागरिकहरू हवाई यात्रा मार्फत स्वदेश फर्कन चाहन्थे तर सो समय व्यावसायिक उडानमा यात्रा उपलब्ध थिएन। प्रतिवादी कूटनीतिज्ञ र व्यवसायीहरूले योजना नै बनाएर विदेशमा रहेका भियतनामी नागरिकहरूबाट पैसा असुलेका थिए । महामारीको समय स्वदेश फर्कन चाहाने नागरिक सहित सबै यात्रुहरू फिर्ता ल्याउन सरकारले २०२० को शुरुमा लगभग ८०० उडानहरू सञ्चालन गरेको थियो।
त्याहाँको सरकारी अखबार भीटीसी VTC का अनुसार २५ सरकारी अधिकारीहरू कुल ७.४ मिलियन अमेरिकी डलर (९६ करोड ९७ लाख नेपाली रूपैयाँ) बढी अवैध सरकारी तलव सुविधा समेत लिएको पाइएको जनाएको छ । एक पूर्व मन्त्रीलाई ९ लाख अमेरिकी डलर अर्थात ११ करोड ७९ लाख बढी नेपाली रूपैया वरावर घुस लिएको आरोपमा १६ वर्षको जेल सजाय सुनाइएको छ।
फैसलामा परराष्ट्र, स्वास्थ्य र सार्वजनिक सुरक्षा मन्त्रालयका चार पूर्व उच्च पदस्थ अधिकारीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । भने १० व्यापारी र अन्य सहयोगीलाई निलम्बन गरिएको छ। उप-स्वास्थ्य मन्त्रीका पूर्व सचिव फाम ट्रुङ किएन र परराष्ट्र मामिलाका पूर्व उपमन्त्री टो आन्ह डङ यस घोटालाका केही उच्च प्रोफाइल नामहरू हुन्।
मुद्दामा किएनलाई मृत्युदण्डको माग गरिएको थियो जसले ११ महिनाको अवधिमा कुल १.८ मिलियन डलर (१.४ मिलियन पाउन्ड) मूल्यको २५३ पटक घूस लिएको आरोपमा जन्मकैद पाएका थिए।
अदालतमा १६ वर्षको जेल सजाय पाएका डंगले उडान संख्या थप्न उडान प्रदायकहरूबाट लाखौं डलरको घुस लिएको बताएको तथा उडान सकिएपछि भुक्तानी पाएको स्वीकार गरेका छन् । "त्यतिबेला मैले केही गल्ती गरेछु भन्ने सोचेको थिइनँ," उनले भने, स्वदेश फिर्ता गर्न सहयोग पुर्याउन मद्दत गरिरहेका थिए।'
आठ अधिकारीलाई घुस दिएको आरोप लागेकी एक व्यवसायीले परराष्ट्र मन्त्रालयमा कसैले पनि पैसा दिन नभनेको बताएकी छन् । अर्का आरोपी होआङ डिउ मोले भने 'हामीले स्वीकृति र अनुमतिको लागि उनीहरूलाई घूस दिनु पर्छ ताकि उडानहरू समयमै होस् ।' उनलाई सात वर्षको सजाय तोकिएको छ।
भ्रष्टाचार विरुद्धको ठूलो क्रर्याकडाउनको बीचमा यो सजाय सुनाइएको छ जसले सयौं अधिकारीहरूलाई अनुसन्धानमा तानेको छ। दुई उपप्रधानमन्त्रीसहित धेरैले राजीनामा समेत दिएको खवर छ । यस वर्षको जनवरीमा पूर्व राष्ट्रपति गुएन सुआन फुकले अचानक राजीनामा दिन बाध्य भएका थिए । एजेन्सी
नेपाल चेम्बर अफ कमर्सले पर्यटकको संख्या बढ्नेगरी योजना बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समक्ष आग्रह गरेको छ । मन्त्री किरातीसँग सिंहदरबारमा बुधबार भएको भेटमा मन्त्री किरातीलाई चेम्बरले विभिन्न १८ बुँदे सुझाव दिएको छ । सुझाव पत्र पेश गर्दै चेम्बरका अध्यक्ष मल्लले भने ‘विदेशमा रहेका नेपाली दूतावास, गैरआवासीय नेपालीलाई परिचालन गरेर लाखौं पर्यटक भित्र्याउन सकिन्छ, यसका लागि ठोस रणनीतिक योजना आवाश्यक छ ।’
एमाले सांसद गंगा चौधरीले शिक्षा मन्त्री देवेन्द्र पौडेललाई आफ्नी छोरी विदेशमा किन पढ्न पठाएको भन्दै प्रश्न गरेकी छिन् । मंगलबार मन्त्री पौडेले संसदमा प्रस्तुत आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा सांसद चौधरीले सो प्रश्न उठाएकी हुन् ।उनले नेपाली विद्यार्थी नेपालको शिक्षा प्रणाली प्रति विश्वस्त नभएर विदेशिने गरेको बताउँदै मन्त्रीलाई पनि नेपालको शिक्षा प्रणालीमा विश्वास नभएर छोरीलाई विदेशमा पढ्न पठाएको हो भन्दै प्रश्न ग
सरकारले ५ एम्पियरको सिंगल फेजको विद्युत् प्रयोग गर्ने उपभोक्ताले प्रयोग गर्ने २० युनिटसम्मको विद्युत् शुल्कलाई निःशुल्क बनाएर २२ लाख उपभोक्तालाई फाइदा पु¥याएको छ । गरीब जनताको दृष्टिकोणबाट यो एक मानवीय कार्य हो । विद्युत् उत्पादन, प्रसारण, व्यापारमा पारदर्शिता, लगनशीलता, आक्रमणता आजको चिन्तनीय अग्रगमन हो । अब जलविद्युत् उत्पादनमा तीव्रता ल्याएर विदेशमा विक्री गर्नु नेपालका लागि अति आवश्यकीय आर्थिक क्रियाकलाप हो । आफ्नै देशको उत्पादनको फल जनतालाई दिने सरकारको कामले आम नागरिकमा सकारात्मक सन्देश गएको छ ।
पूँजीवादको होड, गरीबीको बढ्दो म्यारथनका बीच निःशुल्क भन्ने शब्द सम्भवतः ज्यादै कठोर शब्द हो तसर्थ सरकारले यो निःशुल्क बनाउन उत्पादन लागत बराबर रकम विद्युत् आपूर्ति गर्ने निकायलाई अनुदान दिन्छ होला । जे होस् अहिले कोरोनाको कारण तहसनहस गरीब र न्यून मध्यम वर्गलाई यो घोषणाले पक्कै राहत दिएको होला । यसबाहेक सिँचाइका लागि पानी तान्दा लाग्ने शुल्कमा ८० प्रतिशत छूट गरिएको छ ।
किसानलाई विद्युत् महसुल घटाउनु ज्यादै नै उच्चस्तरको नेतृत्व परिचायक हो । किसानले आमजनतालाई पालनपोषण गरिरहेको हुन्छ । आज उनीहरूका समस्या दिनानुदिन बढ्दै गएका छन् । एकातर्फ रासायनिक मल समयमा पाइँदैन, काम गर्ने कामदारको अभाव छ र जति प्राप्त छ त्यो महँगो छ । बीउ खरीद पनि महँगो बन्दै गएको छ । यस्तै समस्याको बीचमा अलिकति विद्युत् महसुल छूटले राहत दिएको छ ।
ऊर्जा जलस्रोत र सिँचाइ मन्त्रालय नेपालको समृद्धिको सम्बन्धमा यो सबैभन्दा महत्त्वपूर्ण मन्त्रालय हो । यसको सही नेतृत्वले देशको आगामी दशा र दिशा बदलिन सक्छ । अहिले ऊर्जामन्त्री पम्फा भुसालले गरेको निर्णय लोकप्रियता हो वा सफलता यसको बारेमा राम्ररी बुझ्न अलिक समय पर्खिनुपर्छ ।
लोकप्रियता जहिले पनि चुनावको वरिपरि घुम्छ भने सफलता देशको सुदूर भविष्यसँग जोडिएको हुनुपर्छ । मन्त्रीले बुझ्न के जरुरी छ भने सबै लोकप्रियहरू सफल हुँदैनन् र वास्तविक सफलहरू लोकप्रिय नहुन सक्छन् । जनताका लागि सफल नेतृत्व लोकप्रिय भन्दा बढी उपयोगी हुन्छ । लोकप्रियता सफलताको विकल्प होइन तसर्थ जलस्रोतको क्षेत्रमा सफल पम्फा भुसाल लोकप्रिय पम्फा भुसालभन्दा कैयौं गुणा उपयुक्त हुनेछ ।
कुलमानसिंहलाई विद्युत् प्राधिकरणमा ल्याउनु पनि लोकप्रियतामा सीमित नरहोस् । उनीबाट सफलता खोजिएको छ । हरेक क्षेत्रमा नियुक्त गर्दा हाम्रो भन्दा योग्य व्यक्ति छनोट नगरेसम्म सफलता आफै उफ्रेर आउँदैन । केही राष्ट्रिय विगतहरू यसकारण तहसनहस भएका छन् जहाँ योग्य व्यक्तिलाई भन्दा दासस्यभावका पादस्पर्शकहरूलाई बढी अवसर दिए । लोकप्रिय बन्नका लागि एउटा टिकटक काफी छ सफल बन्नका लागि अनेक सही निर्णय, सुझबुझ र दृष्टिकोणको खाँचो छ । मन्त्री भनेको सफल बन्ने अवसरको नाम हो जसले देशको नेतृत्व गर्ने अवसर पाएको हुन्छ । त्यो अवसरमा विगतका कसैलेभन्दा असाधारण काम गर्ने क्षमता राख्नुपर्छ ।
यहाँ केबल ऊर्जामन्त्रीको सन्दर्भमा किन भनिँदै छ भने जलविद्युत् नेपालको सबैभन्दा सम्भावना बोकेको क्षेत्र हो । यो आम नेपालीको सम्पन्नताको द्वार हो । विद्युत् महसुलमा छूट, वृद्धभत्तामा केही वृद्धि, ग्यासमा केही अनुदानले मात्र गरीबी हट्छ भन्ने मान्यताबाट माथि उठेर अत्यधिक उत्पादन र निर्यातप्रेमी नेतृत्व आजको आवश्यकता हो ।
कार्ल पोपरका अनुसार बाँच्नका लागि सम्पूर्ण मानवमा समस्या समाधान गर्ने अथाह शीप चाहिन्छ । त्यसैले यस्तो शीप आम मानिसमा भन्दा उच्च पदस्थहरूमा भयो भने त्यसले सुनमाथि सुगन्ध ल्याउन सक्छ । समस्याको समाधान गर्न सर्वप्रथम समस्याको जड भेट्न जरुरी छ ।
अधिकांश नेता समस्या पत्ता लगाउने काममा अलमल छन् । यस्तो अलमल लामो समयदेखि देखिएको छ । नेपालको जलस्रोत, जलविद्युत्, वैकल्पित ऊर्जालगायत क्षेत्रबाट सम्पन्नता ल्याउनमा केके समस्या छन् र तिनलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा ध्यान केन्द्रित गरिएमा मात्र ऊर्जा निर्यातको माध्यमबाट नेपालीको आयस्तर सुधार गर्न सकिन्छ ।
हरेक क्षेत्रमा असल नेतृत्व सबै देशका लागि आवयक छ । तर, नेपालका लागि जलस्रोत क्षेत्रमा अति उच्चस्तरका नेताको आवश्यकता छ । यस्तो उच्चस्तरको नेतृत्व जलस्रोतको क्षेत्रबाट नै निस्किन जरुरी छ । विश्वमा एकातिर पानीको अभाव तीव्र रूपमा विकराल भइरहेको छ भने अर्कोतिर अतिवृष्टिले बाढीपहिरो आइरहेको छ । पानी बढी र कमीको कारणले विश्वमा हजारौं मानिस वातावरणजन्य शरणार्थी बन्न बाध्य भइरहेका छन् । यस्तो बेलामा नेपालको जल उपयोगमा तीक्ष्णता अति आवश्यक छ ।
अव विश्वमा तस्रो विश्व युद्ध हुन्छ भने पानीको अभावको कारणले हुनेछ भन्न भनाइ प्रचलनमा आउन थालेको छ । तर, नेपाल जलस्रोतको क्षेत्रमा अति नै सम्पन्न छ । नेपालबाट प्रत्येक वर्ष २२५ अर्ब घनमीटर पानी बग्छ र लगभग ४३००० मेगावाट जलविद्युत्को सम्भावना छ । यो अवस्थामा जलस्रोत र ऊर्जाक्षेत्रमा अति उच्च नेतृत्वको ओहोदा अनन्तकालदेखि रिक्त छ । अझै पनि रिक्तस्थान परिपूर्ति भएको छैन त्यसमा आवेदन दिने अवसर बर्तमान मन्त्रीलाई पनि छ ।
बग्दै गरेको पानीलाई रोकेर सिँचाइ, विद्युत्, खानेपानी व्यवस्थापन, नदीपथान्तरण, जलसवारी आदि कार्य निस्पादन गर्ने अवसरको उचित सदुपयोग गर्ने मौका जलस्रोत मन्त्रीमा छ । अहिले नेपालको जलउपयोग दक्षता शून्य दशमलव ६ अमेरिकी डलरप्रति घनमीटर छ । यसलाई माथि लैजान जरुरी छ । यसबाहेक २ छिमेकी राष्ट्र चीन र भारतमा बिजुलीको अभावले लोडशेडिङ कार्यतालिका बढी रहेको बेलामा जलस्रोत क्षेत्रमा अति नै प्रभावकारी नवचिन्तनको आवश्यकता छ ।
नेतृत्व त्यो हो जसले देशको स्रोतसाधनलाई यसरी प्रयोग गरोस् जसबाट समग्र देशमा सम्पन्नता छाओस् । १ दिन यस्तो आउनेछ जब विश्व पानीका लागि तड्पिरहेको हुनेछ तर नेपाल जलस्रोतबाट नै सम्पन्न भएको हुनेछ । तर, यसको नेतृत्व कसैले त लिनु नै पर्ने छ । के नेपालमा यस्तो नेतृत्व स्थापित होला ?
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।
विदेशमा कार्यरत लाखौ नेपाली श्रमिकको गुनासो सम्बोधन हुन महिनौं लागिरहेका बेला अब श्रममन्त्रीले नै सोभैm गुनासो सुनुवाई गर्नेगरी व्यवस्था गरिएको छ ।
वैदेशिक रोजगारीमा ठगिका पीडित, विदेशमा अलपत्र बिरामी, मृत्यु र झुटा मुद्दामा जेल परेका नेपाली श्रमिकले तत्काल सम्बोधन गर्न श्रम मन्त्रीलाई सोभैm गुनासोसमेत गर्न सक्नेछन् ।
मलेसिया । तीन दिनदेखि मलेसियामै रहेका तीन जना युवा सांसदहरुले वैदेशिक रोजगारीमा अनेकौ आश्वासन देखाएर युवाहरुलाई फसाउनेहरुलाई कुनै हालतमा नछोड्ने बताएका छन् ।
उनीहरुले भने,'मलेसियाबाट र्फके लगत्तै श्रम तथा परराष्ट मन्त्रीलाई भेटछौ गरीब नेपालीका छोराछोरीलाई गाउँदेखि विदेशमा समेत ठग्नेको जालोलाई तोड्नेमा पछि हट्ने छैनौ ।'
नेपाली दूतावास मलेसिया, मानबअधिकार आयोग मलेसिया,मलेसियन बार काउन्सिल,मलेसियामा …